सास । भदौ २०, बर्दिया । 

लैङ्गिक तथा अन्य विभिन्न प्रकारका हिंसाहरुमा राजनीतिमा लागेकै आधारमा पीडित हुनु परेको आज सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रममा सहभागी महिला जनप्रतिनिधीहरुले बताएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ २०, बर्दिया । 

लैङ्गिक तथा अन्य विभिन्न प्रकारका हिंसाहरुमा राजनीतिमा लागेकै आधारमा पीडित हुनु परेको आज सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रममा सहभागी महिला जनप्रतिनिधीहरुले बताएका छन् । 

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

महिला जनप्रतिनिधीहरु भन्छन् : हामी आँफै पीडित छौँ !

२० भाद्र २०७४, मंगलवार १७:३१

सास । भदौ २०, बर्दिया । 

लैङ्गिक तथा अन्य विभिन्न प्रकारका हिंसाहरुमा राजनीतिमा लागेकै आधारमा पीडित हुनु परेको आज सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रममा सहभागी महिला जनप्रतिनिधीहरुले बताएका छन् । 


कुनै महिलाको कथाबाट प्रेरणा पाएर स्थापना भएको गैर सरकारी संस्था ओरेकले आयोजना गरेको लैङ्गिक विभेदमा आधारीत हिंसा न्यूनीकरण सम्बन्धी सवालमा गुलरिया नगरपालिकाका महिला जनप्रतिनिधीहरुसँग अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले यस्तो कुरा बताएका हुन् । 

प्लान इन्टरनेसनल, फिल्ड अफिस नेपालगञ्जको सहयोगमा बालिका पैरवी सञ्जाल परियोजना अन्तर्गत सम्पन्न गरिएको यो कार्यक्रममा गुलरिया नगरपालिका नवनिर्वाचित उप–प्रमुख सुशिला गिरी, वडा नं. ५ र ७ बाट निर्वाचित अध्यक्षहरु सावित्रा गौतम र गीता बस्नेतका साथै नगरपालिकाका बाह्रै वडाका महिला सदस्य तथा दलित महिला सदस्यहरु गरी २४ जनाको उत्साहजनक सहभागिता रहेको थियो ।

अन्तक्रियाबाट समाजमा विद्यमान बालबिबाह, घरेलु हिंसा, विद्यालयमा हुने यौनजन्य हिंसा, छाउ प्रथा, बढ्दो आत्महत्या लगायतका मुद्धाहरुबारे व्यापक रुपमा छलफल गर्दै यस प्रकारका हिंसाहरुको न्यूनीकरण गर्नका लागि जनप्रतिनिधीहरुले आवश्यक तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरु तय गर्दै र नगरपालिकाले बजेटको व्यवस्था गरेर ठोस कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । 


गुलरिया नगरपालिकाकी उपप्रमुख सुशिला गिरीले आफ्नो धारणा राख्नुहुँदै अब नगरमा उपप्रमुखकै संयोजकत्वमा न्यायिक समिति बन्ने भएको हुँदा आगामी दिनमा महिला हिंसाका विरुद्धमा काम गर्न सहज हुने र महिलाहरुको सवालले स्थान पाएपश्चात न्यायमा पहुँच अभिवृद्धि हुने कुरा औँल्याउनुहुँदै आफूले यसका लागि आवश्यक पैरवी गर्दै आवश्यक बजेट विनियोजन गर्न नगरसभामा जोडदार पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

यसैगरी समाजमा हुने विभिन्न प्रकारका लैङ्गिकतामा आधारित हिंसाका सवालमा महिला जनप्रतिनिधीहरुले खुलेर छलफलमा सहभागी भएका थिए ।  

यस प्रकारको कार्यक्रम महिला जनप्रतिनिधीहरुसँग मात्रै नभइ आगमी दिनमा पुरुष जनप्रतिनिधिहरुसँग पनि गरिने र लैङ्गिक विभेदमा आधारित हिंसा अन्त्यका लागि परिणाममुखी कार्यक्रमहरु गरिने ओरेक बर्दियाकी जिल्ला संयोजक विपना योगीले बताउनुभयो । 

कार्यक्रममा ओरेक बर्दियाकी कार्यक्रम अधिकृत शर्मिला निरौला, सहायक कार्यक्रम अधिकृत सपना शर्मा र लेखा अधिकृत भरत कुमारी चौधरीको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह