सास । भदौ २०, बर्दिया । 

लैङ्गिक तथा अन्य विभिन्न प्रकारका हिंसाहरुमा राजनीतिमा लागेकै आधारमा पीडित हुनु परेको आज सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रममा सहभागी महिला जनप्रतिनिधीहरुले बताएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ २०, बर्दिया । 

लैङ्गिक तथा अन्य विभिन्न प्रकारका हिंसाहरुमा राजनीतिमा लागेकै आधारमा पीडित हुनु परेको आज सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रममा सहभागी महिला जनप्रतिनिधीहरुले बताएका छन् । 

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

महिला जनप्रतिनिधीहरु भन्छन् : हामी आँफै पीडित छौँ !

२०७४, २० भाद्र मंगलवार १७:३१

सास । भदौ २०, बर्दिया । 

लैङ्गिक तथा अन्य विभिन्न प्रकारका हिंसाहरुमा राजनीतिमा लागेकै आधारमा पीडित हुनु परेको आज सदरमुकाम गुलरियामा आयोजित एक कार्यक्रममा सहभागी महिला जनप्रतिनिधीहरुले बताएका छन् । 


कुनै महिलाको कथाबाट प्रेरणा पाएर स्थापना भएको गैर सरकारी संस्था ओरेकले आयोजना गरेको लैङ्गिक विभेदमा आधारीत हिंसा न्यूनीकरण सम्बन्धी सवालमा गुलरिया नगरपालिकाका महिला जनप्रतिनिधीहरुसँग अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले यस्तो कुरा बताएका हुन् । 

प्लान इन्टरनेसनल, फिल्ड अफिस नेपालगञ्जको सहयोगमा बालिका पैरवी सञ्जाल परियोजना अन्तर्गत सम्पन्न गरिएको यो कार्यक्रममा गुलरिया नगरपालिका नवनिर्वाचित उप–प्रमुख सुशिला गिरी, वडा नं. ५ र ७ बाट निर्वाचित अध्यक्षहरु सावित्रा गौतम र गीता बस्नेतका साथै नगरपालिकाका बाह्रै वडाका महिला सदस्य तथा दलित महिला सदस्यहरु गरी २४ जनाको उत्साहजनक सहभागिता रहेको थियो ।

अन्तक्रियाबाट समाजमा विद्यमान बालबिबाह, घरेलु हिंसा, विद्यालयमा हुने यौनजन्य हिंसा, छाउ प्रथा, बढ्दो आत्महत्या लगायतका मुद्धाहरुबारे व्यापक रुपमा छलफल गर्दै यस प्रकारका हिंसाहरुको न्यूनीकरण गर्नका लागि जनप्रतिनिधीहरुले आवश्यक तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरु तय गर्दै र नगरपालिकाले बजेटको व्यवस्था गरेर ठोस कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । 


गुलरिया नगरपालिकाकी उपप्रमुख सुशिला गिरीले आफ्नो धारणा राख्नुहुँदै अब नगरमा उपप्रमुखकै संयोजकत्वमा न्यायिक समिति बन्ने भएको हुँदा आगामी दिनमा महिला हिंसाका विरुद्धमा काम गर्न सहज हुने र महिलाहरुको सवालले स्थान पाएपश्चात न्यायमा पहुँच अभिवृद्धि हुने कुरा औँल्याउनुहुँदै आफूले यसका लागि आवश्यक पैरवी गर्दै आवश्यक बजेट विनियोजन गर्न नगरसभामा जोडदार पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

यसैगरी समाजमा हुने विभिन्न प्रकारका लैङ्गिकतामा आधारित हिंसाका सवालमा महिला जनप्रतिनिधीहरुले खुलेर छलफलमा सहभागी भएका थिए ।  

यस प्रकारको कार्यक्रम महिला जनप्रतिनिधीहरुसँग मात्रै नभइ आगमी दिनमा पुरुष जनप्रतिनिधिहरुसँग पनि गरिने र लैङ्गिक विभेदमा आधारित हिंसा अन्त्यका लागि परिणाममुखी कार्यक्रमहरु गरिने ओरेक बर्दियाकी जिल्ला संयोजक विपना योगीले बताउनुभयो । 

कार्यक्रममा ओरेक बर्दियाकी कार्यक्रम अधिकृत शर्मिला निरौला, सहायक कार्यक्रम अधिकृत सपना शर्मा र लेखा अधिकृत भरत कुमारी चौधरीको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला