२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बँदेलले मकै सखाप पारेपछि सल्यानका किसानलाइ परिवार पाल्ने चिन्ता

२१ भाद्र २०७४, बुधबार ०५:४६

शंकर केसी/भदौ २१, सल्यान । सल्यानमा जंगली बँदेलले मकैबालि नष्ट गरेपछि किसानहरु चिन्तीत बनेका छन् । 

जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय बासिन्दाले लगाएको मकैबालीमा बँदेलले ९० प्रतिशत सम्म क्षती पु¥याएको पाइएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाका लगाय अन्य विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली बँदेलले क्षति गर्न थालेको छ । ग्रामीण क्षेत्रका जनताको मुख्य पेशा र जीविकोपार्जनको आधार बनेको मकै खेती नै बँदेल तथा बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।


कपुरकोट ३ खुँङका किसान ज्योती प्रकाश ओलिले आफ्नो बारिको सबै मकैबालि बँदेलले रातीको समयमा आएर नष्ट गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने– ‘मेरो १४ रोपनी बारिमा पाकेर भित्राउने बेलको सबै मकै बँदेलले खाएर सखाप पारिदियो, अव के खाएर बाँच्ने हो, चिन्ता बढेको छ ।’ दिनभर जंगलमा गएर बस्ने र राती भएपछि हुलका हुल बँदेल मकैबारी पसेर मकै सोत्तर पार्ने गरेको उनले जनाए ।

वर्षेनी अन्नबाली बँदेलले नष्ट गर्दा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको उनले जनाए । बँदेलले मकै संगै यस क्षेत्रमा लगाएको वेमौषमी तरकारि पनि खाइदिने गरेको छ ।

मुख्यबालीका रुपमा वर्षामा मकै लगाउने भए पनि बँदेलले लगाएको सम्पूर्ण मकै नष्ट गरिदिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको अर्का किसान लालसिंघ घर्तीले जनाए । 

उनले भने– ‘शुरुमा छिमेकीको बारिमा बँदेल लाग्यो, त्यताको सबै सखाप पारेपछि अहिले मेरो बारीमा पसेर मकैबालि सखाप पार्न थालेको छ ।’  यस्तै पाखापानीका किसान द्रोण बुढाथोकीको मकै पनि बँदेलले नष्ट गरिदिएको छ । ६ महिनालाइ खान पुग्ने मकै बँदेलले नष्ट गरिदिएपछि अव कसरि परिवार पाल्ने भन्ने चिन्ताले किसानलाइ पिरोल्न थालेको छ ।

जंगली बँदेलको चोरी सिकारी गर्न पनि नपाइने तथा सामुदायिक वनको विकास सँगै बँदेलको संख्यामा वृद्धि भएको छ । जसका कारण खाना खोज्दै जंगली बँदेल खेतबारीमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य