२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बँदेलले मकै सखाप पारेपछि सल्यानका किसानलाइ परिवार पाल्ने चिन्ता

२०७४, २१ भाद्र बुधबार ०५:४६

शंकर केसी/भदौ २१, सल्यान । सल्यानमा जंगली बँदेलले मकैबालि नष्ट गरेपछि किसानहरु चिन्तीत बनेका छन् । 

जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय बासिन्दाले लगाएको मकैबालीमा बँदेलले ९० प्रतिशत सम्म क्षती पु¥याएको पाइएको छ । जिल्लाको कपुरकोट गाउँपालिकाका लगाय अन्य विभिन्न गाउँमा लगाइएको अन्नबाली खाएर जंगली बँदेलले क्षति गर्न थालेको छ । ग्रामीण क्षेत्रका जनताको मुख्य पेशा र जीविकोपार्जनको आधार बनेको मकै खेती नै बँदेल तथा बाँदरले काम नलाग्ने गरी नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् ।


कपुरकोट ३ खुँङका किसान ज्योती प्रकाश ओलिले आफ्नो बारिको सबै मकैबालि बँदेलले रातीको समयमा आएर नष्ट गरेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने– ‘मेरो १४ रोपनी बारिमा पाकेर भित्राउने बेलको सबै मकै बँदेलले खाएर सखाप पारिदियो, अव के खाएर बाँच्ने हो, चिन्ता बढेको छ ।’ दिनभर जंगलमा गएर बस्ने र राती भएपछि हुलका हुल बँदेल मकैबारी पसेर मकै सोत्तर पार्ने गरेको उनले जनाए ।

वर्षेनी अन्नबाली बँदेलले नष्ट गर्दा बजारबाट चर्को मूल्यमा अनाज खरिद गर्नुपर्ने बाध्यता रहेको उनले जनाए । बँदेलले मकै संगै यस क्षेत्रमा लगाएको वेमौषमी तरकारि पनि खाइदिने गरेको छ ।

मुख्यबालीका रुपमा वर्षामा मकै लगाउने भए पनि बँदेलले लगाएको सम्पूर्ण मकै नष्ट गरिदिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता बढेको अर्का किसान लालसिंघ घर्तीले जनाए । 

उनले भने– ‘शुरुमा छिमेकीको बारिमा बँदेल लाग्यो, त्यताको सबै सखाप पारेपछि अहिले मेरो बारीमा पसेर मकैबालि सखाप पार्न थालेको छ ।’  यस्तै पाखापानीका किसान द्रोण बुढाथोकीको मकै पनि बँदेलले नष्ट गरिदिएको छ । ६ महिनालाइ खान पुग्ने मकै बँदेलले नष्ट गरिदिएपछि अव कसरि परिवार पाल्ने भन्ने चिन्ताले किसानलाइ पिरोल्न थालेको छ ।

जंगली बँदेलको चोरी सिकारी गर्न पनि नपाइने तथा सामुदायिक वनको विकास सँगै बँदेलको संख्यामा वृद्धि भएको छ । जसका कारण खाना खोज्दै जंगली बँदेल खेतबारीमा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित