१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

बर्दिबासमा नगरपालिका कार्यालय अगाडि शक्तिशाली बम विष्फोट

२१ भाद्र २०७४, बुधबार ०६:२४

भदौ २१, गौशाला । महोत्तरी जिल्लाको बर्दिबासमा गएराति अज्ञात समूहले बम विष्फोट गराएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कठायतका अनुसार गएराति ८ बजेतिर बर्दिबास नगरपालिका कार्यालय अगाडि एउटा बम विष्फोट भएको हो ।

नगरपालिका कार्यालय अगाडि रहेको बालुवाको ढेरमाथि स्टीलको खाजा खाने बक्सामा बारुद भरेर बनाइएको बम विष्फोट गराएको प्रहरी उपरीक्षक कठायतले बताए ।

बम विष्फोटबाट कुनै पनि मानवीय वा भौतिक क्षति नभएको जनाइएको छ । नेपाली सेनाको फस्ट राइफल गणका डिस्पोजल टोलीले सो स्थानमा गएर थप बमको खोजतलाश गरेकोमा केही पनि फेला नपरेको पनि प्रहरीले जानकारी दिएको छ । 

अहिले सो स्थानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यता आज स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता कार्यक्रम रहेकाले बर्दिबासमा व्यापकरुपमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह