Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सामुदायिक वनको जंगलमा एक बेबारिसे शव फेला

By साझासवाल 1 मिनेट पढाइ

बैशाख ५, कैलाली । कैलालीको सहजपुर गाविस वडा नं. १ स्थित बासपानी सामुदायिक वनको जंगलमा एक बेबारिसे शव फेला परेको छ । खानिडाँडा बाट झन्डै साढे ५ घण्टाको दुरीमा रहेको सामुदायिक बनको बिच जगलमा अन्दाजि ३५–४० बर्षिय पुरुषको बेबारिसे शब भेटीएको हो ।

शबको शारिरिक बनावट क्षतविक्षत र कुहिएको अबस्थामा भेटीएकाले महिना दिन भन्दा बढी समय भसैकेको हुनसक्ने फल्टुडे प्रहरीले जानकारी दिएको छ । जंगलमा गएका स्थानीयले लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए ।