२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका किसानहरु एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान

२०७४, २१ भाद्र बुधबार ०७:२२

भदौ २१, पाल्पा। रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् । 

विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी अँध्यारोमा रात बिताउन बाध्य भएका हुन् । मोबाइल र लाइट चार्ज गर्नमात्र एक घण्टा पैदल हिँडेर मेहलधाप पुग्नुपर्ने बाध्यता रहेको छ । 

विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रलाई मर्मतका लागि गुहारे पनि ढिलासुस्तीका कारण एक महिनासम्म मर्मत कार्य हुन नसक्दा समस्या बढेको छ । विद्युत् प्राधिकरणले सानातिना काममा समेत ढिलासुस्ती गर्दै आएको उपभोक्ताको गुनासो छ । 

छहराको साल्लेधारा र तीनधार क्षेत्रमा गाईको दूध उत्पादनका लागि पकेट क्षेत्र रहेकोमा विद्युत् आपूर्ति एक महिनादेखि हुन नसक्दा साँझको दूध पूरै नष्ट हुने किसान नारायण पोखरेलले गुनासो गर्नुभयो । 

विद्युत् आपूर्ति हुन नसक्दा फ्रिजमा दूध राख्दा बिग्रिने र एक दिनपछि खान समेत नमिल्ने भएपछि सोही दिन खिर र कुराउनी खान थालेको स्थानीय बासिन्दा टेकराज पोखरेलले बताउनुभयो । 

फ्रिज बिना गाईको दूध राख्न सकिँदैन, दही जमाउन समस्या र घ्यूसमेत नलाग्ने भएपछि किसानको दूध नोक्सान हुँदै आएपछि चिन्तित बनेका छन् । रात बिताउन मुस्किल मात्र होइन, किसानले उत्पादन गरेको साँझको दूध नोक्सान भएकोमा ठूलो घाटाप्रति विद्युत् प्राधिकरणले बेवास्ता गरेको गुनासो स्थानीय बासिन्दाको छ । 

सामुदायिक विद्युत् वितरण केन्द्र छहराका अध्यक्ष तथा स्थानीय बासिन्दा टेकराज पोखरेलले पटकपटक विद्युत् प्राधिकरण पाल्पामा गए पनि काम हुन नसक्दा सास्ती मात्र भोग्न बाध्य भएको बताउनुभयो । 

ढिलासुस्तीका कारण स्थानीय बासिन्दाको समय र लगानी खेर गएकोमा दुखेसो पोख्नुभयो । विद्युत् बत्ती घरमा जडान भएपनि बत्तीमुनिको अँध्यारोमा बस्न स्थानीय बाध्य छन् । 

ट्रान्सफर्मर मर्मतका लागि बुटवलको औद्योगिक क्षेत्रमा मर्मत भए पनि ल्याउने अनुमति विद्युत् प्राधिकरण बुटवलले नदिएपछि झनै सास्ती भएको छ । बुटवलबाट ल्याए पछि विद्युत् ट्रान्सफर्मर जडानमा ढिलासुस्ती गर्न नहुने स्थानीय बासिन्दाको आवाज रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते