२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका किसानहरु एक महिनादेखि टुकीको भरमा, किसानलाई नोक्सान

२१ भाद्र २०७४, बुधबार ०७:२२

भदौ २१, पाल्पा। रैनादेवी छहरा गाउँपालिकास्थित छहराको साल्लेधारा र तीनधार क्षेत्रका बासिन्दा एक महिनादेखि टुकीको भरमा रात बिताउन बाध्य भएका छन् । 

विद्युत् ट्रान्सफर्मर चट्याङ लागेर पड्केपछि साउन २८ गतेदेखि १२० घरधुरी अँध्यारोमा रात बिताउन बाध्य भएका हुन् । मोबाइल र लाइट चार्ज गर्नमात्र एक घण्टा पैदल हिँडेर मेहलधाप पुग्नुपर्ने बाध्यता रहेको छ । 

विद्युत् प्राधिकरण, पाल्पा वितरण केन्द्रलाई मर्मतका लागि गुहारे पनि ढिलासुस्तीका कारण एक महिनासम्म मर्मत कार्य हुन नसक्दा समस्या बढेको छ । विद्युत् प्राधिकरणले सानातिना काममा समेत ढिलासुस्ती गर्दै आएको उपभोक्ताको गुनासो छ । 

छहराको साल्लेधारा र तीनधार क्षेत्रमा गाईको दूध उत्पादनका लागि पकेट क्षेत्र रहेकोमा विद्युत् आपूर्ति एक महिनादेखि हुन नसक्दा साँझको दूध पूरै नष्ट हुने किसान नारायण पोखरेलले गुनासो गर्नुभयो । 

विद्युत् आपूर्ति हुन नसक्दा फ्रिजमा दूध राख्दा बिग्रिने र एक दिनपछि खान समेत नमिल्ने भएपछि सोही दिन खिर र कुराउनी खान थालेको स्थानीय बासिन्दा टेकराज पोखरेलले बताउनुभयो । 

फ्रिज बिना गाईको दूध राख्न सकिँदैन, दही जमाउन समस्या र घ्यूसमेत नलाग्ने भएपछि किसानको दूध नोक्सान हुँदै आएपछि चिन्तित बनेका छन् । रात बिताउन मुस्किल मात्र होइन, किसानले उत्पादन गरेको साँझको दूध नोक्सान भएकोमा ठूलो घाटाप्रति विद्युत् प्राधिकरणले बेवास्ता गरेको गुनासो स्थानीय बासिन्दाको छ । 

सामुदायिक विद्युत् वितरण केन्द्र छहराका अध्यक्ष तथा स्थानीय बासिन्दा टेकराज पोखरेलले पटकपटक विद्युत् प्राधिकरण पाल्पामा गए पनि काम हुन नसक्दा सास्ती मात्र भोग्न बाध्य भएको बताउनुभयो । 

ढिलासुस्तीका कारण स्थानीय बासिन्दाको समय र लगानी खेर गएकोमा दुखेसो पोख्नुभयो । विद्युत् बत्ती घरमा जडान भएपनि बत्तीमुनिको अँध्यारोमा बस्न स्थानीय बाध्य छन् । 

ट्रान्सफर्मर मर्मतका लागि बुटवलको औद्योगिक क्षेत्रमा मर्मत भए पनि ल्याउने अनुमति विद्युत् प्राधिकरण बुटवलले नदिएपछि झनै सास्ती भएको छ । बुटवलबाट ल्याए पछि विद्युत् ट्रान्सफर्मर जडानमा ढिलासुस्ती गर्न नहुने स्थानीय बासिन्दाको आवाज रहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु