२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको विद्यालयमा चर्पी प्रयोगविहीन, झाडी र खोला किनारादुषित

२०७४, २१ भाद्र बुधबार ०७:४१

ललित सिंह। भदौ २१, बझाङ। विद्यार्थीलाई प्रयोग गर्नका लागि जिल्ला शिक्षा कार्यालयले दिएका लाखौँका तीनवटा चर्पी यहाँको एक विद्यालयमा प्रयोगविहीन हुँदा विद्यार्थी झाडी र खोला किनारामा दिसापिसाब गर्न थालेका छन् । 

शिक्षा कार्यालयद्वारा विद्यालयमा छात्रछात्रालाई प्रयोग गर्न दिएका तीनवटा चर्पीका पाँचकोठा प्रयोगविहीन भएपछि दुर्गा माध्यमिक विद्यालय, सैनपसेलाका छात्रछात्रा खोला किनारा र झाडीमा दिसापिसाब गर्न थालेका हुन् । 

विद्यालयमा चारवटा चर्पी छन्, एक शिक्षकले प्रयोग गर्ने गरेका छन्, विद्यार्थीलाई प्रवेश निषेध गरिएको छ भने तीनवटा चर्पी दिसापिसाबले भरिनुका साथै ढोकामा काँडेझार उम्रेर प्रयोगमा नआएको एक वर्ष भयो । विद्यालयमा दिसापिसाब लाग्यो भने दगुर्दै खोला किनार र झाडीमा जानुपर्ने बाध्यता भएको कक्षा ९ मा अध्ययनरत अन्नता जप्रेलले बताइन् । 

उनले भनिन्, कसैले देख्छ की भनेर डर लाग्छ, हत्तपत्त पानी बिनै दिसा सफा गरेर कक्षा कोठामा बस्नुपर्छ । छाउ भएको समयमा त विद्यालयमा जानै अप्ठ्यारो लाग्ने हुन्छ । 

घरमा चर्पी प्रयोग गरिन्छ, विद्यालयमा चर्पी प्रयोग गर्न पाइँदैन शिक्षकले प्रयोग गर्ने चर्पीमा गए शिक्षकले गाली गर्नेगर्छन्, भएको चर्पीमा झाडी उम्रेर चर्पीभित्र पस्न नसक्ने भएपछि खुल्ला ठाउँमा दिसापिसाब गर्नुपरेको कक्षा १० मा अध्ययनरत राकेश जप्रेलले बताए । 

उनले भने, हामीले प्राक्टिकल गर्दा चर्पी सफा गराँै सर भन्दा हैन शिक्षाबाट योजना माग्नुपर्छ भन्छन् हाम्रो त विद्यालयमा दुर्दशा छ । 

विद्यालयमा संख्या गन्ने हो भने चर्पी आवश्यकताभन्दा बढी छन् । प्रयोगमा एक दुईभन्दा बढी छैनन्, कोही पुराना भए र प्रयोग गर्न रोक लगाएको छ कुनैमा फोहर जम्मा भएको छ । जिल्ला शिक्षा कार्यालयले हाम्रो कुरा सुन्दैन, चर्पी मर्मतका लागिसमेत नदिएकाले यस्तो अवस्था आईलागेको शिक्षक तिलक दौल्याले बताउनुभयो । 

उहाँले भन्नुभयो, “विद्यार्थीलाई चर्पी प्रतिबन्ध छैन । एकै चर्पी भएकाले लाइनमा बस्नुपर्छ । पानीको अभाव छ । विद्यार्थीलाई खाल्डोको दिसा सफा किन गराउने भन्ने हो । अब आन्तरिक स्रोतबाट भएपनि चर्पीको मर्मत गरिन्छ । विद्यालयमा करिब ६०० विद्यार्थी छन् ।” 

कार्यालयमा हाजिर भएको एक हप्ता भएको छैन, विद्यालयको अवस्था बुझ्दैछु, अहिलेसम्म करिब रु १५ लाख रकम दुर्गा माविमा चर्पी निर्माण र मर्मतको लागि गएको जिल्ला शिक्षा अधिकारी पदमराज जोशीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते