पढ्न करिब 3 मिनेट लाग्छ

लोकेन्द्र खनाल। भदौ २१, रुकुम । बाँफिकोट गाउँपालिका– ७ की २२ वर्षीय कमला खत्रीलाई पहिलो पटक सुत्केरी वेथा सुरु भएपछि उहाँका आफन्तले जिल्ला अस्पताल सल्लेमा ल्याए ।

सुत्केरी गराउनका लागि एक साताअघि अस्पताल आएकी उनको त्यहाँ कुनै उपचारको सुरुवात नै गरिएन् । त्यसपछि आफन्तले रु २० हजार भाडा तिरेर एम्बुलेन्समा उनलाई नेपालगञ्ज ल्याए ।

यस्तै त्रिवेणी गाउँपालिका– ५ की विष्णुकला घर्तीलाई पनि सुत्केरी बेथा सुरु भयो । बेथा सुरु भएको दुई दिनसम्म पनि उहाँको बच्चा नजन्मिएपछि आफन्तले जिल्ला अस्पताल सल्ले ल्याए तर उनको पनि त्यहाँ उपचार सुरु गरिएन ।

त्यसपछि आफ्न्तले रु २० हजार भाडा दिएर एम्बुलेन्समा उनलाई कोहलपुर ल्याए । यी त केहि प्रतिनिधि पात्र मात्र हुन् । विगत दुई महिनादेखि जिल्ला अस्पताल सल्लेमा सुत्केरी हुन आउने महिलाले यस्तै समस्या व्यहोर्नु परेको छ ।

जिल्ला अस्पतालमा सुत्केरी हुन आउने जटिल अवस्थाका महिलालाई सुत्केरी हुन दाङ वा नेपालगञ्ज जानुपर्ने बाध्यता छ । एक महिनामा करिब ९० जना भन्दा बढी महिला सुत्केरी हुन अस्पतालमा आउने गरेको भए पनि तीमध्ये १० देखि १५ जनासम्म जटिल अवस्थाका हुुने गर्छन् ।

अलिकति जटिल अवस्थाका सुत्केरी हुन आउने महिला जिल्ला बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहको बिरामीको गुनासो छ । साउन र भदौ महिनाको १९ गतेसम्म सुत्केरीका लागि अस्पताल आएका ९९ जना गर्भवती महिलामध्ये ७९ जनाले मात्रै अस्पतालको प्रसूतिगृहबाट सेवा लिएका छन् ।

जटिल अवस्थामा अस्पताल पुगेका २० जना महिला भने सुत्केरी हुन दाङ वा नेपालगन्ज गएका छन् । जिल्ला अस्पतालकाअनुसार साउन महिनामा १५ र भदौ महिनाको हालसम्म पाँचजना गर्भवती महिलालाई जटिल अवस्था देखिएकै कारण शल्यक्रियाका लागि जिल्लाबाहिर पठाएको छ ।

सुत्केरी गराउन जिल्लावाहिर जानुपर्दा प्रत्येकले रु १५ हजार देखि रु २० हजारसम्म एम्बुलेन्सको भाडा तिर्नुपर्ने हुन्छ । उनीहरु एम्बुलेन्स भाडा गरेर सुत्केरीका लागि दाङ वा नेपालगन्ज जाने गरेका छन् ।

गत आर्थिक वर्ष २०७३/७४ को अन्त्यसम्ममा जटिल अवस्थाको शल्यक्रिया जिल्ला अस्पतालमै हुने गर्दथ्यो । सो आवको अन्त्यतिर प्रसूति शल्यक्रियाका चिकित्सकले जागिर छाडेपछि जिल्लावासी समस्यामा परेका छन् ।

प्रसूति गृहमा कार्यरत स्वास्थ्यकर्मीले थोरै जटिल देखे पनि सुत्केरीका लागि नेपालगञ्ज रेफर गर्ने गरेको बिरामीको भनाइ छ । ‘यहाँ शल्यक्रिया हुन छाडेको दुई महिना पुग्नै लाग्यो, त्यहाँ कार्यरत एक स्वास्थ्यकर्मीले भने, ‘रिस्क मोल्नुभन्दा रेफर गर्ने गरेका छौं ।’

जिल्ला अस्पताल प्रमुख डा. सविन पोखरेलले विशेषज्ञ चिकित्सक नभएपछि जटिल अवस्थाका सुत्केरी गराउन समस्या परेको बताउनुभयो । “थप सेवा गर्न आग्रह गर्दागर्दै पनि चिकित्सकले जागिर छोडेर जानुभयो, उहाँले भन्नुभयो, “अब हामी जतिसक्दो छिटो नयाँ विशेषज्ञ चिकित्सक ल्याउने पक्षमा छौ, चिकित्सक आउने वितिकै समस्या समधान हुन्छ ।” रासस (फाइल फोटो)