सल्यान जिल्लाका सक्रिय युवाहरुको सक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सल्यान जिल्लाका सक्रिय युवाहरुको सक्र"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यान गेट निर्माण कार्य शुरु

२१ भाद्र २०७४, बुधबार १५:३९

शँकर केसी/भदौ २१, सल्यान । दाङ सल्यानको सिमानामा बुधबार देखि सल्यान गेट (प्रवेशद्वार) निर्माण कार्य शुरु भएको छ । 


सल्यान जिल्लाका सक्रिय युवाहरुको सक्रियतामा गेट निर्माण कार्य शुरु भएको हो । गेटमा सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालका कलाकृतिको निर्माण गरिने गेट निर्माण अभियानका युवा ध्रुवराज ओलीले जनाए । 

युवाहरुले सल्यानलाइ परिचित र समृद्ध बनाउन केहि कार्य गर्नुपर्ने भन्दै सहयोग रकमबाट गेट निर्माण गर्न लागेका हुन् । अहिले सम्म दुइ लाख २० हजार रुपैया नगद जम्मा भइसकेको र झण्डै १० लाख रुपैयाको सहयोग प्रतिवद्धता आएको ओलीले जनाए ।

सल्यानको मौलिक कला संस्कृति र सम्पदा झल्किने खालको गेट बनाइने अर्का अभियान्ता संगम विहानीले जनाएका छन् । यसका साथै गेट निर्माण हुने ठाउँ नजिकै एउटा मन्दिर, एउटा प्रतिक्षालय अनी सम्भव भएसम्म एउटा पानीको धारो पनि बनाइने उनले जनाए । सल्यानको कपुरकोट गाउँपालिका र दाङको तुलसिपुर उपमहानगरपालिकाको सिमानामा गेट निर्माण कार्य शुरु गरिएको हो ।


बुधबार गेट निर्माण स्थलाइ फराकिलो बनाउने कार्य भएको विहानीले जनाए । गेट निर्माणका लागी १५ लाख बढि रकम लाग्ने अनुमान गरिएको छ । साथै युवाहरुले गेट निर्माण कार्यमा सहयोग गर्न आग्रह पनि गरेका छन् । 

आफुहरुको यो अभियान सल्यान जिल्लाको पहिचान कायम राख्न र जिल्लालाइ समृद्धितीर लैजानका लागी भएकाले सक्दो रकम सहयोग गर्न अभियान्ता ध्रुव ओलीले जनाए । सहयोग गर्न चाहने इच्छुकहरुले ९८४९९६९५४३ र ९८१०३५८६०९ मा सम्पर्क गर्न सक्ने पनि उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह