२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जालपा माविको ५७औँ जन्मोत्सवको दोस्रो दिन, विविध कार्यक्रम हुँदै

२०७४, २२ भाद्र बिहीबार ०२:४३

चिसाङ शेर्पा/भदौ २२ खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ वार्षिक जन्मोत्सव बुधवारदेखी सुरु भएको छ । 

५६ वर्ष पुरा गरेको अवसरमा विद्धालयले हिजोवाट विविध कार्यक्रमको आयोजनागरी जन्मोत्सव मनाउन थालेको हो । जालपा माविको प्राङगणमा सुरु भएको कार्यक्रममा विधालयको स्मारिका विमोचन, विद्धालयवाट गत वर्षको एसइई परिक्षामा २.४० जिपिए ल्याउन सफल विधार्थी करिश्मा तामाङलाई सम्मान गरिएको छ । जालपा मा.वि नुनथलाको ऐतिहासिक परिचयदेखी हालसम्मका विषयवस्तु समेटिएको स्मारिका जन्मोत्सव कार्यक्रमका प्रमुख अतिथी तथा रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का वडाध्यक्ष भीम राईले विमोचन गर्नुभएको हो ।

जालपा माविको ५७औ वार्षिक जन्मोत्सव कार्यक्रममा जालपा माविको स्मारिका विमोचन गर्नुहुंदै रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का वडाध्यक्ष भीम राई । तस्विर: चिसाङ शेर्पा

गत वर्षवाट सञ्चालित साविक महुरे १ का ‘कर्ण वहादुर राई अक्षय कोष’को १ लाख ५ हजार ५ सय ५५ सावाँवाट आएको व्याज रकमले विधालयमा सर्वोत्कृष्ट एसइई परिक्षामा जिपिए अंक ल्याउन सफल करिश्मा तामाङको अनुपस्थितीमा उहाँका आमालाई नगद ३ हजार ५ सय र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । ‘कर्ण वहादुर राई अक्षय कोष’का उपाध्यक्ष तथा रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नेकपा माओवादी केन्द्रका संयोजक सुरेश राईले उहाँलाई सम्मान गर्नुभएको थियो ।

विधालय व्यवस्थापन समितीका अध्यक्ष धनकुमार राईको अध्यक्षतामा समापन भएको बुधवारको कार्यक्रममा विधालयका प्रधानाध्यापक धनकुमार तामाङ, प्रमुख अतिथी तथा वडाध्यक्ष भीम राई, नेपाली काग्रेस नुनथलाका पार्टी सभापती जगविर तामाङ, नेकपा एमालेका पार्टी अध्यक्ष गजेन्द्र राई, नेकपा माओवादी केन्द्रका वडाध्यक्ष भगेश्वर राईले विधालयको शैक्षिक सुधारका वारेमा आफ्ना भनाई राखेका थिए । कार्यक्रममा शिक्षक, वडासदस्य, स्वास्थ्य चौकी नुनथलाका प्रमुख, प्रहरी चौकीका प्रमुख, बुद्धिजिवी, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

३ दिन सञ्चालन हुने कार्यक्रम अन्तरगत विहीवार विद्धालयका विधार्थीहरुका लागि दौड, हाईजम, लङजम, त्रिपल जम्प हुनेछ । कार्यक्रमको अन्तिम दिन शुक्रवार नुनथलाभित्रका आधारभुत तह कक्षा १ देखी ५ सम्मका विधालयका लागि हाजिरीजवाफ प्रतियोगिता र अन्तर सदन सामुहिक नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण गरेर जन्मोत्सव कार्यक्रम समापन गरिने प्रधानाध्यापक तामाङले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा