१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जालपा माविको ५७औँ जन्मोत्सवको दोस्रो दिन, विविध कार्यक्रम हुँदै

२२ भाद्र २०७४, बिहीबार ०२:४३

चिसाङ शेर्पा/भदौ २२ खोटाङ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ मा रहेको जालपा माध्यमिक विद्धालयको सन्ताउन्नौ वार्षिक जन्मोत्सव बुधवारदेखी सुरु भएको छ । 

५६ वर्ष पुरा गरेको अवसरमा विद्धालयले हिजोवाट विविध कार्यक्रमको आयोजनागरी जन्मोत्सव मनाउन थालेको हो । जालपा माविको प्राङगणमा सुरु भएको कार्यक्रममा विधालयको स्मारिका विमोचन, विद्धालयवाट गत वर्षको एसइई परिक्षामा २.४० जिपिए ल्याउन सफल विधार्थी करिश्मा तामाङलाई सम्मान गरिएको छ । जालपा मा.वि नुनथलाको ऐतिहासिक परिचयदेखी हालसम्मका विषयवस्तु समेटिएको स्मारिका जन्मोत्सव कार्यक्रमका प्रमुख अतिथी तथा रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का वडाध्यक्ष भीम राईले विमोचन गर्नुभएको हो ।

जालपा माविको ५७औ वार्षिक जन्मोत्सव कार्यक्रममा जालपा माविको स्मारिका विमोचन गर्नुहुंदै रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का वडाध्यक्ष भीम राई । तस्विर: चिसाङ शेर्पा

गत वर्षवाट सञ्चालित साविक महुरे १ का ‘कर्ण वहादुर राई अक्षय कोष’को १ लाख ५ हजार ५ सय ५५ सावाँवाट आएको व्याज रकमले विधालयमा सर्वोत्कृष्ट एसइई परिक्षामा जिपिए अंक ल्याउन सफल करिश्मा तामाङको अनुपस्थितीमा उहाँका आमालाई नगद ३ हजार ५ सय र सम्मानपत्रद्धारा सम्मान गरिएको हो । ‘कर्ण वहादुर राई अक्षय कोष’का उपाध्यक्ष तथा रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नेकपा माओवादी केन्द्रका संयोजक सुरेश राईले उहाँलाई सम्मान गर्नुभएको थियो ।

विधालय व्यवस्थापन समितीका अध्यक्ष धनकुमार राईको अध्यक्षतामा समापन भएको बुधवारको कार्यक्रममा विधालयका प्रधानाध्यापक धनकुमार तामाङ, प्रमुख अतिथी तथा वडाध्यक्ष भीम राई, नेपाली काग्रेस नुनथलाका पार्टी सभापती जगविर तामाङ, नेकपा एमालेका पार्टी अध्यक्ष गजेन्द्र राई, नेकपा माओवादी केन्द्रका वडाध्यक्ष भगेश्वर राईले विधालयको शैक्षिक सुधारका वारेमा आफ्ना भनाई राखेका थिए । कार्यक्रममा शिक्षक, वडासदस्य, स्वास्थ्य चौकी नुनथलाका प्रमुख, प्रहरी चौकीका प्रमुख, बुद्धिजिवी, सरोकारवाला लगायतको उपस्थिती रहेको थियो ।

३ दिन सञ्चालन हुने कार्यक्रम अन्तरगत विहीवार विद्धालयका विधार्थीहरुका लागि दौड, हाईजम, लङजम, त्रिपल जम्प हुनेछ । कार्यक्रमको अन्तिम दिन शुक्रवार नुनथलाभित्रका आधारभुत तह कक्षा १ देखी ५ सम्मका विधालयका लागि हाजिरीजवाफ प्रतियोगिता र अन्तर सदन सामुहिक नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण गरेर जन्मोत्सव कार्यक्रम समापन गरिने प्रधानाध्यापक तामाङले बताए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह