भदौ २३, तेह्रथुम । तेह्रथुममा पनि ३८ औँ राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ । 

‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २३, तेह्रथुम । तेह्रथुममा पनि ३८ औँ राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ । 

‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा "/>

2026-10-18 03:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा पनि शिक्षा दिवस मनाइयो


भदौ २३, तेह्रथुम । तेह्रथुममा पनि ३८ औँ राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवस मनाइएको छ । 

‘संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार’ भन्ने नारासहित दिवसको अवसरमा जिल्ला शिक्षा कार्यालयले एक समारोहका बीच छात्रवृत्ति तथा पुरस्कार वितरण र विद्यालयस्तरीय नृत्य प्रतियोगिता गरेको छ । 

कार्यालयले लामो समयसम्म शिक्षण सेवा गर्ने चार जना शिक्षकहरुलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरेको छ । जसमा सिंहदेवी आधारभूत विद्यालय पौठाककी लिलादेवी दाहाल, सिद्धेश्वर आधारभूत विद्यालय फाक्चामाराका सुरेशकुमार दाहाल, सिंहवाहिनी मावि म्याङलुङ्गका अग्निबहादुर खड्का र पोखरी मावि छातेढुंगाका सर्न कन्दङवा रहेका छन् । 

यस्तै ०७३ सालको वार्षिक परीक्षामा कक्षा–११ मा जिल्लाकै उत्कृष्ट अंक ल्याउने छात्रतर्फ सिंहवाहिनी मावि म्याङलुङ्गका अर्जुन माझी र छात्रातर्फ रत्न मावि सोल्माकी जमुना लिम्बुलाई नगद २५ हजार रुपैयाँसहित इन्द्रमाया र मेहरमान स्मृति छात्रवृत्ति वितरण गरेको छ । कक्षा–११ को परीक्षामा माझीले ६५ प्रतिशत र लिम्बुले ६९प्रतिशत अंक ल्याएका छन् । 

यस्तै ०७३ को कक्षा–८ को जिल्लास्तरीय परीक्षामा संस्थागत विद्यालयतर्फ एभरग्रीन बोर्डिङ जिरिखिम्तीका वर्षा लिम्बु र अरनिको बोर्डिङ म्याङलुङ्गका फणिन्द्रराज कार्की नगद १५ सयसहित पुरस्कृत भएका छन् । कक्षा–८ को परीक्षामा लिम्बुले ९६ प्रतिशत र कार्कीले ९४ प्रतिशत अंक ल्याएका थिए । 

यस्तै ०७३ को एसईई परीक्षामा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट अंक ल्याउने म्याङलुङ्गको सरस्वती माविका योगराज ढकाल र सिंहवाहिनी माविका अलिपा श्रेष्ठलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको छ । 

यस्तै सिंहवाहिनी मावि म्याङलुङ्गकै शुशील पाण्डे र ईसिवु माविका दिपा तिम्सीना सामुदायिक विद्यालयतर्फ कक्षा–८ मा उत्कृष्ट अंक ल्याउनेतर्फ नगद २ हजार ५ सय सहित पुरस्कृत भएका छन् । सो कार्यक्रममा आयोजना गरिएको विद्यालय स्तरीय नृत्य प्रतियोगितामा अरनिको बोर्डिङ म्याङलुङ्ग प्रथम, दिपज्योति बोर्डिङ म्याङलुङ्ग द्धितीय र एभरग्रीन बोर्डिङ जिरीखिम्ती तृतीय भएका छन् । प्रतियोगितामा ८ वटा विद्यालय सहभागी थिए ।

जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे, जिल्ला समन्वय अधिकारी तुलसीनाथ गौतम, जिल्ला बाल कल्याण समितिका संयोजक किशोरचन्द्र दुलाल, नेपाल शिक्षक संघका राजबहादुर थापा, निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन (प्याब्सन) का जिल्ला अध्यक्ष प्रेमबहादुर खड्का र सिंहवाहिनी मावि म्याङलुङ्गका प्रधानाध्यापक तेजबहादुर कार्कीले मन्तव्य राख्नुभयो । कार्यक्रममा सदरमुकामस्थित निजी तथा सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरु सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु