भदौ २३, अर्घाखाँची । अन्तराष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस देशभर सहित अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २३, अर्घाखाँची । अन्तराष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस देशभर सहित अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   

२१ मंसिर २०८२, शनिबार
अर्घाखाँची - AGK

अर्घाखाँचीमा पनि राष्ट्रिय शिक्षा दिवस मनाइयो

२३ भाद्र २०७४, शुक्रबार १२:२१


भदौ २३, अर्घाखाँची । अन्तराष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस देशभर सहित अर्घाखाँचीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।   

शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस् भन्ने आदर्श वाक्यका साथ विसं २०३१ बाट यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले आठ सेप्टेम्बरलाई अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसका रुपमा मनाउँदै आएको छ । नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको छ ।

यसैविच संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका साथ राष्ट्रिय शिक्षा दिवस  आज अर्घाखाँचीमा पनि मनाइएको हो ।

जिल्ला शिक्ष कार्यलय अर्घाखाँचकिो  आयोजना तथा  जिल्ला शिक्षा समितीको सम्न्वयमा कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रममा अर्घाखाँचीबाट २०७३ सालको एसईई २०७३ र २०७३ सालको कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा सहभागि भई सामुदायिक र सस्थागत  तर्फका उत्कृष्ठ विद्यार्थीलाई सम्मान गरीएको थियो ।

  साथै जिल्ला भरीबाट उत्कृष्ठ नतिजा ल्याउन सफल सामुदायिक विद्यालयहरुलाई पनि सम्मान गरीएको थियो  कार्यक्रममा जिल्ला शिक्षा शधिकारी लिल बहादुर राउले जिल्लाको शैक्षिक अबस्था तथा बर्तमान जिल्लाको शैक्षिक प्रगती रीपोर्ट प्रस्तुत गर्नु भएको थियो । राउतले अर्घाखाँचीले पश्चिमाञ्चल क्षेत्रमा शिक्षाको क्षेत्रमा  सफल भएको भन्दअझै केही कमीकमजोरी रहेको  र छिटो भन्दा छिटो त्यसको ब्यबस्थापनमा लाग्ने बताएका थिए । उनले शिक्षलाई ब्यबहारीक र जिवन उपयोगी शिक्षा बनाउने उद्धेश्यले जिल्लामा कक्षा नौ देखि कक्ष १२ सम्म प्राविधिक शिक्षामा जोड दिएको बताएका थिए । 

कार्यक्रम जिल्ला न्यायाधिस केशव प्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिका मेयर कमल प्रसाद भुसाल ,  उप प्रमुख ठाकुर कुमार विक , नेपाल शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष हरी प्रसाद भुसाल , राजनितिक दलका प्रमुख तथा प्रतिनिधि , शिक्षा सँग सम्बन्द्ध ब्यक्ती , पत्रकार , विभिन्न विद्यालयबाट आउनु भएका शिक्षक तथा विद्याथीहरुको उपस्थित रहेको थियो । 

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथी तथा जिल्ला न्यायाधिस बास्तोलाले गुणिस्तरीय शिक्षामा जोड दिनु पर्ने बताउनु भएको थियो । उहाँले बालबालिकाहरु अझै पनि विद्यालय जान नपाउने अबस्था भएको बताउँदै त्यस्ता बालबालिकाहरुको  पहिचान गरी उनीहरुलाई शिक्षा जस्तो मैलिक अधिकारबाट कसैले पनि बञ्चीत गराउन नहुने भनाई राख्नु भएको थियो । समाजको परीर्वतन शिक्षा भएको ब्यक्तीद्धारा हुने भएकोले शिक्षामा बढी भन्दा बढी लगानी गर्नु पर्ने  बताउनु भएको  थियो  । त्यस्तै कार्यक्रममा मन्तब्य राख्ने अधिकांश बक्ताहरुले बालबालिकाहरुलाई नैतिक शिक्षा प्रदान गर्नु पर्ने बताएका थिए । बिद्यार्थी समाजमा घुलमिल हुन सक्दैन , उस्ले आप्ःना आफन्त जनहरुलाई सम्मान गर्न सक्दैन भने त्यो शिक्षा उपलब्धीमुलक  नहुने कुरा राखेका थिए । 

 कार्यक्रमम जिल्ला समन्वय समतिका अध्यक्ष पिताम्बर शर्माको अध्क्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बिभिन्न विद्यालयका विद्यार्थहरुले नृत्य तथा गीत प्रस्तुत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य