2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा बसपार्कमा सार्वजनिक शौचालय

भदौ २४, पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको पृथ्वीचोकस्थित बसपार्कमा सहारा क्लबद्वारा सञ्चालित सार्वजनिक शौचालय रु २९ लाखको लागतमा मर्मतपछि सञ्चालनमा आएको छ । 

सुविधासम्पन्न सो शौचालय महानगरपालिकाको करिब रु १४ लाख चार हजार, सहारा क्लबको रु १३ लाख ४९ हजार, बाबा फाउण्डेशन नेपालको रु ६० हजार, बिबी निर्माण सेवा चाउथेको रु ५५ हजार ५५५ र गुरुङ स्टोन सप्लायर्सको रु ३० हजारको आर्थिक सहयोगमा मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो । 

व्यस्त बजार पृथ्वीचोकमा सर्वसाधारलाई सुविधा पु¥याउने उद्देश्यका साथ निर्माण गरी सञ्चालनमा ल्याइएको अपांगतामैत्री सो शौचालयमा स्नानगृह पनि छ । एकै पटकमा २२ जनाले दिसापिसाब गर्ने सुविधा रहेको क्लबका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो 

महिला र पुरुषका लागि छुट्टाछुट्टै तथा अपांगता भएकाका लागि एउटा कक्षको व्यवस्था गरिएको सो शौचालय प्रवेशमा प्रतिव्यक्ति रु पाँच तथा अपांगता भएको व्यक्तिको हकमा निःशुल्क गरिएको महासचिव केशवराज बरालले जानकारी दिनुभयो । 

विभिन्न स्थानबाट बसमा आउने यात्रुलाई सुविधा पु¥याउने अभिप्रायले क्लबले लगभग डेढ दशकदेखि शौचालय सञ्चालनमा ल्याइएकामा जीर्ण अवस्थामा पुगेपछि पुनःनिर्माण गरिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह