2026-09-19 03:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

बाघमाराको प्राचीन पहिचान कालिका मन्दिर

वासुदेव पौडेल। भदौ २५, पोखरा। पोखरा लेखनाथ महानगरपालिका–३३ भरतपोखरीस्थित बाघमाराले पोखरा र लेखनाथका विभिन्न स्थानबाट सडक सञ्जालले जोडिएसँगै एकाएक बजारीकरणमा फड्को मार्दै गएको छ । 

सो क्षेत्र कास्की जिल्लामा नै कृषि पर्यटनका लागि आकर्षक गन्तव्यसमेत बन्दै गएको छ । यहाँ उत्पादित कृषिजन्य दूध, तरकारी आदिको पोखराको बजारमा निकै माग हुने गरेको छ । बजारीकरणको विकास विस्तार भए पनि यसको वास्तविक पहिचानका रुपमा रहेको कालिका मन्दिर भने प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । 

कालिकामन्दिर बाघमारामा बस्ती बस्नुभन्दा धेरै पहिलेदेखि अस्तित्वमा रहेको स्थानीयवासी एवं कालिकामन्दिर संरक्षण समितिका कोषाध्यक्ष ढाकाराम आचार्यले बताउनुभयो । “कालिका मन्दिरको इतिहास खोतल्दा यो सय वर्षभन्दा पनि पुरानो भएको यथेष्ट प्रमाण छन्,” उहाँले भन्नुभयो, “स्थानीयवासीको पहलमा हाल लगभग एक रोपनीभन्दा बढी क्षेत्रफलमा प्राचीनकालदेखि पूजा गरिँदै आएको शिलासहितको मन्दिर र लगभग २० वर्षअघि निर्माण गरिएको नयाँसहित दुई वटा मन्दिरको परिसरलाई पर्खाल लगाएर संरक्षण गरिएको छ ।” 

मनोकामना पूरा हुने विश्वासका साथ बाघमारा र आसपासका दर्शनार्थी मन्दिरमा पूजाआजाका लागि आउने गरेका छन् । स्थानीयवासी एवं महाकाली टोल विकास संस्थाका अध्यक्ष लालुप्रसाद पराजुली प्राचीन ऐतिहासिक मन्दिर भएर पनि यसको प्रचारप्रसार गर्न नसकिएको बताउनुहुन्छ । “बाघमारामा पछिल्लो समय तीव्र रुपमा बजारीकरण भइरहे पनि यहाँ बस्ती बस्नु पूर्वदेखि नै कालिका मन्दिरको अस्तित्व रहिआएको पाइन्छ,” पराजुलीले भन्नुभयो, “यस्ता प्राचीन एवं सांस्कृतिक धरोहरको इतिहास खोतल्दै थप उजागर गर्नु वर्तमानमा युवाको दायित्व पनि हो ।” 

कालिका मन्दिर नजिकै रहेको सरस्वती टीका मावि र सरस्वती टीका बहुमुखी क्याम्पसका कारण यो क्षेत्र शैक्षिक केन्द्रका रुपमा पनि विकास हुँदै गएको छ । गुणस्तरीय शिक्षाका लागि क्रियाशील बन्दै गएका यी शैक्षिक संस्था विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्न सफल बनेका छन् । समुदायको उन्नति प्रगतिका साथै सुखशान्तिको उद्देश्यका साथ स्थानीयवासीले प्रत्येक पाँच पाँच वर्षमा चैते दशैँको समय पारी मन्दिरमा पञ्चबलि दिने गरेका छन् । 

दशैँमा विशेष पूजाआजा हुने मन्दिरमा प्रत्येक चैते दशैँमा सामूहिक रुपमा बोको र पाठीको बलि दिने प्रचलन छ । बाघमाराको इतिहाससँग प्रत्यक्ष सम्बन्ध राख्ने कालिका मन्दिरको प्राचीनता सम्बन्धमा थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको स्थानीयवासी विष्णुप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार समुदायको रक्षा र सुखशान्तिका लागि परापूर्वकालमा नै मन्दिर स्थापना गरिएको पाइए पनि यहाँको बस्ती विकासको क्रमले भने २०२५ सालपछि मात्र तीव्रता पाएको हो । 

सुरु सुरुमा औलाको प्रकोप हुनेलगायत कारणबाट मानिस पाखामा बस्ने गरेकामा सोको नियन्त्रणमा सरकारी प्रयास सुरु भए पनि बेँसीतिर झर्ने प्रचलन बढेको स्थानीयवासी एव् आदर्श टोल विकास संस्थाका उपाध्यक्ष चिरञ्जीवी दाहालले बताउनुभयो । 

प्रत्येक सांस्कृतिक धरोहरको इतिहासलाई जोगाउनु पछिल्लो युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने स्थानीयवासी युवा दीपेन्द्र भुसाल बताउनुहुन्छ । “बाघमाराको इतिहाससँग प्रत्यक्ष जोडिएको कालिका मन्दिरसँग सम्बन्धित प्राचीन पक्षको खोजी गर्दै यसको प्रचारप्रसार गर्नु वर्तमान युवा पुस्ताको महत्वपूर्ण दायित्व हो,” उहाँले भन्नुभयो, “इतिहास आफैँमा महत्वपूर्ण हुन्छ, यसलाई मेटिन दिनुहुँदैन ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह