१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

४५ किलो चरेस सहित २ जना पक्राउ

२५ भाद्र २०७४, आईतवार १३:२२

सम्राट सिंह | भदौ २५, बझाङ | बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिकाको भाँडेबगरमा ४५ किलो चरेस सहित २ जना पक्राउ परेका छन । आइतबार बिहान साढे ९ बजे छबिस पाथिभेरा गाउँपालिका ५ बस्ने बर्ष ४० का गिठे बोहरा र सोही ठाउँका २८ बर्षिय दिपक बोहरा चरेस सहित पक्राउ परेका हुन ।

बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङ र प्रदेश अनुसन्धान ब्यूरोको संयुक्त टोलीले ४५ किलो चरेस २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राम बहादुर चन्दले बताए । उनले भने पक्राउ परेका दुइ जनासँग ४७ हजार नगद पनि बरामद गरेको उनको भनाइ छ । 

पक्राउ परेका दुवै जनालाई लागुऔषध ऐन सम्बन्धि कारबार्हि गरिने जिल्ला प्रहरी कार्यालयका डियसपी क्रृषिराम कडेल ले जानकारी दिए ।  

बझाङबाट यो सिजनमा ठूलो परिमाणमा लुकिछिपी चरेस बाहिर जिल्ला निकासी हुने गरेको भएपनि यसपालि भने सुराकी आधारमा प्रहरीले चरेस पक्राउ गरेको एक स्थानिय व्यापारीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह