१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जन्मभूमिलाई सहारा दिँदै निर्देशक सहारा

१३ भाद्र २०७२, आईतवार १९:२०

प्रभात सुवेदी । भदौ १४ बर्दिया । गौंथली ईन्टरटेन्मेन्ट प्रा.लि. काठमाडौंको व्यानरमा र्बिर्दयामा नै छायाँकन गर्न लागिएको फिचर चलचित्रका लागि कलाकारहरुको छनौट प्रकृया अन्तर्गतको पहिलो अडिसन आइतबार सकिएको छ ।bardiya-sundari

सदरमुकाम गुलरियामा आयोजना गरिएको अडिसनका लागि बर्दिया जिल्लाका विभिन्न स्थानहरुका साथै बाँके जिल्लाबाट पनि कलाकारहरु आएका थिए । बर्दियामा नै पूर्ण रुपले पहिलो पटक स्थानीय कलाकारहरुलाई मौका प्रदान गर्दै यो फिचर चलचित्र बनाउन लागिएको चलचित्रका निर्देशक सहारा शर्माले बताउनुभयो । चलचित्रको नामको अन्तिम टुंगो नलागेपनि यसको प्रस्तावित नाम ‘बर्दिया सुन्दरी’ रहेको तर यसको नाम भने पछि परिमार्जन हुन सक्ने निर्देशक शर्माले बताउनुभयो ।

“ईन्दे्रणी खोज्दै जाँदा” लगायतका फिचर चलचित्र तथा दर्जन भन्दा बढी डकुमेन्ट्री तथा टेलिचलचित्रहरु निर्देशन गरिसक्नु भएका निर्देशक शर्माले आफू जन्मे हुर्केको ठाउँमा पनि केही गरौं भन्ने सोच राखेर यो चलचित्र बनाउन लागेको बताउनुभयो । उहाँले निर्देशन गर्नुभएको चलचित्र ‘इन्द्रेणी खोज्दै जाँदा’ गतवर्ष काठमाडौको अन्तराष्ट्रिय पर्वतीय फिल्म फेस्टिवलमा उत्कृष्ट भएको थियो भने टोर्नेटो नेपाली फिल्म फेस्टिबलमा उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको थियो । बर्दियामा छायाँकन गरिने चलचित्रको कथा बस्तु पनि यहीँकै परिवेशमा तयार गरेको र कथा भने फिल्म निर्देशन सम्बन्धी विषयमा अस्ट्रेलियामा मास्टर्स अध्ययन गर्दाको अवस्थामा तयार गरेको जानकारी दिनुभयो ।

bardiya-sundari-2

कार्यक्रमा ३५ जना सहभागीहरुले प्रत्यक्ष रुपमा नमूना अभिनयहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा निर्माता अनिता शर्मा, कलाकार सहयोग अधिकारी तथा स्थानीय कलाकारहरु नरेन्द्र श्रेष्ठ, मनोज भण्डारी, प्रभात सुवेदी, कमल अधिकारी, विष्णु थापाको उपस्थिति रहेको थियो । ३५ जनाबाट प्रारम्भिक छनोट गरिने र तत्पश्चात पुनः क्यामेरामा अडिसन लिइ कलाकारहरुको अन्तिम छनोट गरिने समेत निर्देशक सहारा शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार