२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

जन्मभूमिलाई सहारा दिँदै निर्देशक सहारा

२०७२, १३ भाद्र आईतवार १९:२०

प्रभात सुवेदी । भदौ १४ बर्दिया । गौंथली ईन्टरटेन्मेन्ट प्रा.लि. काठमाडौंको व्यानरमा र्बिर्दयामा नै छायाँकन गर्न लागिएको फिचर चलचित्रका लागि कलाकारहरुको छनौट प्रकृया अन्तर्गतको पहिलो अडिसन आइतबार सकिएको छ ।bardiya-sundari

सदरमुकाम गुलरियामा आयोजना गरिएको अडिसनका लागि बर्दिया जिल्लाका विभिन्न स्थानहरुका साथै बाँके जिल्लाबाट पनि कलाकारहरु आएका थिए । बर्दियामा नै पूर्ण रुपले पहिलो पटक स्थानीय कलाकारहरुलाई मौका प्रदान गर्दै यो फिचर चलचित्र बनाउन लागिएको चलचित्रका निर्देशक सहारा शर्माले बताउनुभयो । चलचित्रको नामको अन्तिम टुंगो नलागेपनि यसको प्रस्तावित नाम ‘बर्दिया सुन्दरी’ रहेको तर यसको नाम भने पछि परिमार्जन हुन सक्ने निर्देशक शर्माले बताउनुभयो ।

“ईन्दे्रणी खोज्दै जाँदा” लगायतका फिचर चलचित्र तथा दर्जन भन्दा बढी डकुमेन्ट्री तथा टेलिचलचित्रहरु निर्देशन गरिसक्नु भएका निर्देशक शर्माले आफू जन्मे हुर्केको ठाउँमा पनि केही गरौं भन्ने सोच राखेर यो चलचित्र बनाउन लागेको बताउनुभयो । उहाँले निर्देशन गर्नुभएको चलचित्र ‘इन्द्रेणी खोज्दै जाँदा’ गतवर्ष काठमाडौको अन्तराष्ट्रिय पर्वतीय फिल्म फेस्टिवलमा उत्कृष्ट भएको थियो भने टोर्नेटो नेपाली फिल्म फेस्टिबलमा उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको थियो । बर्दियामा छायाँकन गरिने चलचित्रको कथा बस्तु पनि यहीँकै परिवेशमा तयार गरेको र कथा भने फिल्म निर्देशन सम्बन्धी विषयमा अस्ट्रेलियामा मास्टर्स अध्ययन गर्दाको अवस्थामा तयार गरेको जानकारी दिनुभयो ।

bardiya-sundari-2

कार्यक्रमा ३५ जना सहभागीहरुले प्रत्यक्ष रुपमा नमूना अभिनयहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा निर्माता अनिता शर्मा, कलाकार सहयोग अधिकारी तथा स्थानीय कलाकारहरु नरेन्द्र श्रेष्ठ, मनोज भण्डारी, प्रभात सुवेदी, कमल अधिकारी, विष्णु थापाको उपस्थिति रहेको थियो । ३५ जनाबाट प्रारम्भिक छनोट गरिने र तत्पश्चात पुनः क्यामेरामा अडिसन लिइ कलाकारहरुको अन्तिम छनोट गरिने समेत निर्देशक सहारा शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा