१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

आन्दोलन समाधानमा एमालेको पहल

१७ भाद्र २०७२, बिहीबार ०२:११

प्रभात सुवेदी । भदौ १७, बर्दिया ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बर्दियामा विगत तीन सातादेखि जारी आन्दोलनका क्रममा गरिएको बन्द, हड्तालको समाधानका लागि पहल गर्ने भएको छ ।

नेकपा एमाले बर्दियाले मंगलबार बसेका बैठकका निर्णहरुलाई प्रेस विज्ञप्तिका रुपमा सार्वजनिक गर्दै यस्तो कुरा उल्लेख गरेको हो । अध्यक्ष हरि ज्ञवालीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सिमांकन तथा पहिचानको सम्बोधन हुन नसकेको भनी थारु समुदायबाट व्यक्त गरिएको असन्तुष्टीका कारण आन्दोलित भएका र यसका लागि केन्द्रमा पहल गरिएको छ ।’ साथै जारी लामो वन्द हड्ताल तथा आन्दोलनका कारण बर्दियाको जनजीवन अस्तव्यस्त र कष्टकर बनेको छ । आर्थिक सामाजिक र मानवीय गतिविधिहरु ठप्प भएका छन् । त्यसैले आन्दोलनरत पक्षलाई पनि आन्दोलन स्थगन गरी वार्तामा आउनको लागि अनुरोध समेत गरिएको छ ।

साथै विज्ञप्तिमा बर्दिया राष्ट्रिय निकुञ्जका कार्यालयहरु ठाकुरद्वाराबाट राष्ट्रिय निकुञ्जको भित्री भाग लालमटियामा सार्ने प्रकृयाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै यसरी हठात स्थानान्तरण गरिँदा पर्यटकिय स्थल ठाकुरद्वाराको सामाजिक, आर्थिक क्षेत्रमा असर पर्ने भन्दै तत्काल यो प्रकृया स्थगन गरी ठाकुरद्वारा रहेका कार्यालयहरु यथावत राख्न समेत जोडदार माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार