२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नयाँ जिवनको महशुस गर्दै शोभा, यसरी वित्छन् उनका दिनचार्य

२०७४, २७ भाद्र मंगलवार १२:१५

 चिसाङ शेर्पा/भदौ २७, खोटाङ । गत असार ९ गते मुटुको भल्व अपरेशन गरेका रुपाकोट मझुवागढी नगरपालिका नुनथलाका १३ हांवुका शोभा राईको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको छ । 

शोभाको मुटुको एउटा भल्ब रिप्लेसमेण्ट र दुईवटा भल्व अपरेशनको माध्यमवाट सफा गरिएको थियो । सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बासबारी काठमाडौंमा सफलतापुर्वक भएको अपरेशनले उनलाई अहिले नयाँ जिवन खुशी खोज्ने मौका मिलेको छ ।


रुपाकोट मझुवागढी नगरपालिकाको साविक दोर्पा चिउरीडाडाँ ९ माईती तथा नुनथला ३ हांवुमा विवाहगरी झापाको धुलावारीमा बसोवास गरीरहेकी शोभाको विवाह भएको तीनवर्षपछि हातखुट्टा सुन्निने, खोकी लाग्ने, वान्ता आउँने तथा खानामा अरुचिजस्ता समस्या देखापर्दै गएपछि झापाको दमकस्थित आम्दा अस्पतालमा प्रसुती गराउँन पुग्दा मुटुमा समस्या भएको त्यहाँका चिकित्सकले बताएको थियो । 

धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुटुका केही भल्वहरुमा समस्या हुनसक्ने बताएपछि सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बासबारी काठमाडौंले उनको मुटुको एकवटा भल्व ड्यामेज र दुईवटा आशिंकरुपमा काम चलाउ रहेको पत्ता लगाएको थियो ।

तत्पश्चात, सञ्चार माध्यममा उनको समाचार सार्वजनिक भएपछि तीन महिनाको अवधिमा ९ विदेशी मुलुकवाट १० लाख ९ हजार ४ सय ५६ रुपैयाँ आर्थिक सहयोग मिलेपछि शोभाले मुटुको अपरेशन गरेका थिए । 

प्रवासवाट मिलेको सहयोगले मुटुको अपरेशन गराएका शोभा अहिले झापाको धुलावारीमा ३ वर्षको छोरासंग दिन विताई रहेका छन् । 

साझासबाल अनलाईनसंग कुरा गर्दै उनले भने ‘मिडिया के हो अहिले महशुस गर्दैछु, सायद मिडिया नभएको भए, म अहिले तपाईसंग कुरा गरीरहेको हुन्न थिए । मेरो छोरा यो गौंदमा रमाउँन पाउँदैन थिए ।’

शोभाको आउने असोज ९ गते अपरेशन गरेको तीन महिना पुरा हुंदैछ । तीन महिनापछि पुन: चेकिङ गनुपर्ने डाक्टरको सल्लाह बमोजिम आईसिओ, ईसिजी, एक्सरे र ब्लड चेकिङ गर्नुपर्ने हुन्छ । काठमाण्डौ जाने तयारी गरिरहेका राईलाई अपरेशनको असर अझै छ । खोक्दा तथा धेरै हिंड्दा सिलाई गरेको ठाउँमा दुख्ने गरेको शोभाले सुनाईन् ।

अघिपछि गरेर प्रवासवाट प्राप्त भएको १० दश लाख ९ हजार ४ सय ५६ मध्ये अपरेशनमा ४ लाख खर्च भएको थियो । 

सहकारी वैंकमा रहेको शोभाको खातामा अव साँढे ५ लाख पैसा रहेको छ । ३/३ महिनामा काठमाण्डौ चेकअपका लागि गईरहनुपर्ने र औषधी खाईरहनुपर्ने अवस्था रहेको उनले बताईन् । सामान्य ब्लड चेक भने, झापामै गराईरहेको र धेरै मात्रामा स्वास्थ्यमा सुधार आएको साउदीवाट शोभाका श्रीमान रविन राईले बताए ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित