१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नयाँ जिवनको महशुस गर्दै शोभा, यसरी वित्छन् उनका दिनचार्य

२७ भाद्र २०७४, मंगलवार १२:१५

 चिसाङ शेर्पा/भदौ २७, खोटाङ । गत असार ९ गते मुटुको भल्व अपरेशन गरेका रुपाकोट मझुवागढी नगरपालिका नुनथलाका १३ हांवुका शोभा राईको स्वास्थ्यमा क्रमिक सुधार आईरहेको छ । 

शोभाको मुटुको एउटा भल्ब रिप्लेसमेण्ट र दुईवटा भल्व अपरेशनको माध्यमवाट सफा गरिएको थियो । सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बासबारी काठमाडौंमा सफलतापुर्वक भएको अपरेशनले उनलाई अहिले नयाँ जिवन खुशी खोज्ने मौका मिलेको छ ।


रुपाकोट मझुवागढी नगरपालिकाको साविक दोर्पा चिउरीडाडाँ ९ माईती तथा नुनथला ३ हांवुमा विवाहगरी झापाको धुलावारीमा बसोवास गरीरहेकी शोभाको विवाह भएको तीनवर्षपछि हातखुट्टा सुन्निने, खोकी लाग्ने, वान्ता आउँने तथा खानामा अरुचिजस्ता समस्या देखापर्दै गएपछि झापाको दमकस्थित आम्दा अस्पतालमा प्रसुती गराउँन पुग्दा मुटुमा समस्या भएको त्यहाँका चिकित्सकले बताएको थियो । 

धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले मुटुका केही भल्वहरुमा समस्या हुनसक्ने बताएपछि सहिद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र बासबारी काठमाडौंले उनको मुटुको एकवटा भल्व ड्यामेज र दुईवटा आशिंकरुपमा काम चलाउ रहेको पत्ता लगाएको थियो ।

तत्पश्चात, सञ्चार माध्यममा उनको समाचार सार्वजनिक भएपछि तीन महिनाको अवधिमा ९ विदेशी मुलुकवाट १० लाख ९ हजार ४ सय ५६ रुपैयाँ आर्थिक सहयोग मिलेपछि शोभाले मुटुको अपरेशन गरेका थिए । 

प्रवासवाट मिलेको सहयोगले मुटुको अपरेशन गराएका शोभा अहिले झापाको धुलावारीमा ३ वर्षको छोरासंग दिन विताई रहेका छन् । 

साझासबाल अनलाईनसंग कुरा गर्दै उनले भने ‘मिडिया के हो अहिले महशुस गर्दैछु, सायद मिडिया नभएको भए, म अहिले तपाईसंग कुरा गरीरहेको हुन्न थिए । मेरो छोरा यो गौंदमा रमाउँन पाउँदैन थिए ।’

शोभाको आउने असोज ९ गते अपरेशन गरेको तीन महिना पुरा हुंदैछ । तीन महिनापछि पुन: चेकिङ गनुपर्ने डाक्टरको सल्लाह बमोजिम आईसिओ, ईसिजी, एक्सरे र ब्लड चेकिङ गर्नुपर्ने हुन्छ । काठमाण्डौ जाने तयारी गरिरहेका राईलाई अपरेशनको असर अझै छ । खोक्दा तथा धेरै हिंड्दा सिलाई गरेको ठाउँमा दुख्ने गरेको शोभाले सुनाईन् ।

अघिपछि गरेर प्रवासवाट प्राप्त भएको १० दश लाख ९ हजार ४ सय ५६ मध्ये अपरेशनमा ४ लाख खर्च भएको थियो । 

सहकारी वैंकमा रहेको शोभाको खातामा अव साँढे ५ लाख पैसा रहेको छ । ३/३ महिनामा काठमाण्डौ चेकअपका लागि गईरहनुपर्ने र औषधी खाईरहनुपर्ने अवस्था रहेको उनले बताईन् । सामान्य ब्लड चेक भने, झापामै गराईरहेको र धेरै मात्रामा स्वास्थ्यमा सुधार आएको साउदीवाट शोभाका श्रीमान रविन राईले बताए ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह