१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा जनता आवास कार्यक्रमबाट एक सय घरधुरी लाभान्वित हुँदै

२७ भाद्र २०७४, मंगलवार १५:१९

सम्राट सिंह/भदौ २७, बझाङ । नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत बझाङ जिल्लाका एक सय घरधुरी लाभान्वित हुने भएका छन । 

जिल्लाका एक सय दलित विपन्न घरधुरी नेपाल सरकारको जनता आवास कार्यक्रम अन्र्तगत लाभान्वित हुने भएका हुन । जिल्लाका एक सय विपन्न दलित घर परिवारलाई सरकारले २ लाख ४७ हजार लागतका २ कोठे घर निर्माण गर्ने गरेको छ । गतबर्ष जनता आवास कार्यक्रमबाट जयपृथ्वी नगरपालिका चैनपुरका ५० घरधुरी र थलारा गाउँपालिकामा ५० घरधुरी  लाई २ कोठे घर निर्माण गर्न रकम विनियोजन गरिएको थियो ।

गतबर्षका भवन निर्माण नसकिदै फेरी बझाङ जिल्लामा एक सय घरधुरीलाइ २ कोठे भवन निर्माणका रकम आएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका सव इन्जिनियर रतनलाल रतालाले बताए । जिल्लाका एक सय विपन्न दलित घरधुरीका लागि रकम  आएको तर कुन ठाउँमा लागु हुने भन्ने एकिन नहुन सकेको उनको भनाइ छ । 

विपन्न दलितका लागि जनता आवास कार्यक्रम लागु त भयो तर अधिकांश विपन्न दलितका सट्टा हुनेखाने दलितका मात्र घर निर्माण भएको सदरमुकाम चैनपुरका मदन दमाइले बताए । गरिब जनताका घर निर्माणका लागि सरकारले लागु गरेको जनता आवास कार्यक्रम सकारात्मक भएको भन्दै उहाँले जिल्लामा खटिने कर्मचारीहरुको पूर्वागा्रहिले भवन वितरण गर्दा विपन्न दलितले नपाएको गुनासो गरे ।

यसरी शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीबाट जिल्लामा बितरण भएका २ कोठे भवन प्रायजसो पहुँच भएका दलितहरुले मात्र पाएको स्थानियको आरोप छ । अब जिल्लामा निर्माण हुने भवन ठूला ठूला घर भएका हुने खाने दलितका घर निर्माण नभएर निश्पक्ष छनौट गरी विपन्न दलितहरुका घर निर्मांण गर्नुपर्ने जनाएको छ । 

केहि घरधुरीहरुले घर ठूला भएपनि सानो झुप्रो देखाउँदा उनीहरुका घर छनाटैमा परेको हुनसक्ने र यसबर्ष निश्पक्ष छनौट गरि विपन्न दलितहरुका घर निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह