बर्दियाली अभियान्ता सम्मानित

Posted on: 14 Sep, 2017

प्रभात सुवेदी । भदौ २९, बर्दिया । 

उपभोक्ताहरुको हक अधिकारको रक्षा र संरक्षणको अभियानमा समर्पित भएकोमा बर्दियाली उपभोक्ता अभियान्ता तथा राष्ट्रिय उपभोक्ता मञ्च बर्दियाका अध्यक्ष विष्णु तिमिल्सिना सम्मानित हुनुभएको छ ।


राष्ट्रिय उपभोक्ता मञ्चको बार्हौं स्थापना दिवसको सन्दर्भ पारेर काठमाडौंमा अायोजित विशेष कार्यक्रममा बुधबार वहाँलाई सम्मानित गरिएको हो । 

सर्वसाधारण उपभोक्ताहरुको अधिकारको विषयमा केन्द्रत रही उभपोक्ताहरुलाई जागृत बनाउने, सचेतना जगाउने तथा आवाज उठाउने कार्य गर्दै उपभोक्ता हित संरक्षण कार्यमा अनवरत काम गरेकोमा यस कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा निरन्तर यस क्षेत्रमा कार्य गर्ने अपेक्षा गर्दे कदर गरिएको हो । 

कदर–पत्र आपूर्ति मन्त्री शिवकुमार मण्डलले प्रदान गर्नुभएको हो । वहाँ लगायत सञ्चारकर्मी राजु चौधरी, उज्यालो नेटवर्क प्रा.लि., नीना श्रेष्ठ, कृषि विभागमा महानिर्देशक डिल्लीराम शर्मा, आपूर्ती मन्त्रालयका उर्मिला के.सी., एशियन थाइ फुड्का सविन श्रेष्ठ समेत सम्मानित हुनुभएको छ ।

सम्मानित बर्दियाली अभियान्ता विष्णु तिमिल्सिनालाई साझा सबाल बर्दिया परिवार हार्दिक बधाईं व्यक्त गर्दछ ।  




यस बिषयमा तपाइको प्रतिक्रिया...!