२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा साना किसानलाई अनुदान उपलब्ध गराइने

२०७४, २९ भाद्र बिहीबार ०२:४७

भदौ २९, बर्दिया । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले साना किसानलाई सिधै अनुदान उपलब्ध गराउन प्राथमिकताका साथ काम अघि बढाएको बताउनु भएको छ । 

बारबर्दिया नगरपालिकाको पहिलो नगरसभाको बजेट अधिवेशनलाई आज सम्बोधन गर्दै उहाँले पहुँचवाला सहकारी या किसानलाई मात्र अनुदान दिने कार्यलाई निरुत्साहित गरी साना किसानलाई प्राथमिकतामा राखी अनुदानका कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । साना किसानलाई अधिकार सम्पन्न बनाउन परिचयपत्रको व्यवस्था गर्न लागिएको उहाँको भनाइ थियो । 

किसानलाई निर्वाहमुखी मात्र नभई व्यवसायमुखी बनाएर लैजानुपर्नेमा जोड दिँदै उहाँले साना किसान कार्यक्रममा अनुदान बढाएर एक वर्षभित्र अण्डा, दुई वर्षभित्र मासु र तीन वर्षभित्रमा दूधमा आत्मनिर्भर हुने गरी कार्यक्रम ल्याइने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते