२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा नहरमा डुबेर बालक बेपत्ता

२०७४, २९ भाद्र बिहीबार ०६:०७

भदौ २९, मोरङ। मोरङको बूढीगंगा गाउँपालिका–६ घेराबारी टोलमा बुधबार साँझदेखि नहरमा डुबेर एक बालक बेपत्ता भएका छन् । 

सोही ठाउँका देउमान लिम्बूका पाँचवर्षीय छोरा आर्यन लिम्बू खेल्ने क्रममा साँझ घेराबारी टोलस्थित चतरा मूलनहरमा डुबेर बेपत्ता भएका हुन् । बेपत्ता बालकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

लागुऔषधसहित युवक पक्राउ 

यसैबीच, मोरङको बूढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प नजिकैबाट प्रहरीले गएराति लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी धरान–१६ बस्ने २० वर्षीय सोरेन विश्वकर्मा रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले राति ९ बजे पक्राउ गरेको हो । 

प्रहरीले उनको साथबाट शरीरको विभिन्न भागमा लुकाएर ल्याएको लुपिजेसिक ८ एम्पुल, डाइजेल्याप ८ एम्पुल, एभिल ८ एम्पुल गरी जम्मा २४ एम्पुल बरामद गरेको छ । 

पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय निमुवामा राखेर थप अनुसन्धान भइरहेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते