१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बैतडीमा र बाजुरामा बजार अनुगमन शुरु

२९ भाद्र २०७४, बिहीबार ०७:०५

भदौ २९, बैतडी। चाँडपर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन शुरु गरेको छ । दशैँतिहारको समयमा बढी किनबेच हुने र उपभोक्ता बढी ठगिने भएकाले प्रशासनले अनुगमन बुधबारदेखि शुरु गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यको नेतृत्वमा रहेको अनुगमन टोलीले बुधबार पहिलो दिन जिल्ला सदरमुकाम गढी र गोठलापानी बजारमा अनुगमन गरेको छ । 

खुद्रा पसल, होटेल, फ्रेस हाउस र मदिरा पसलको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा दत्तराम बडूले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुधबार गढी र गोठलापानीमा रहेका २२ किराना पसल, चार मदिरा पसल, एक होटेल, तीन मिठाइ पसल र तीन कस्मेटिक पसल गरी ३५ पसलमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा अधिकांश पसल दर्ता नगरेको भेट्टिएका छन् । केही पसल घरेलु कार्यालयमा दर्ता भए पनि नगरपालिका कार्यालयमा भने अधिकांशले दर्ता नगरेको पाइएको छ । 

साथै, उक्त अनुगमनका क्रममा मूल्यसूची नराखेको, साइनबोर्ड नभएको समेत फेला परेको थियो । उक्त अनुगमनका क्रममा भेटिएका रु आठ हजार ३५८ मूल्य बराबरका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ । 

उपभोग्य मिति समाप्त भएका मसला, नमकिन, बिस्कुट, तेल, जुस, चिउरालगायतका खाद्यपदार्थ जफत गरी प्रहरी, पत्रकार र सरोकारवाला सबैको रोहबरमा नष्ट गरिएको हो । अनुगमनका क्रममा व्यवसायीलाई मूल्यसूची राख्न, साइनबोर्ड राख्न तथा पसल दर्ता गर्न निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । 

यसैगरी, उपभोक्ता हित संरक्षणको विषयमा सबै व्यवसायी एवं व्यापारी, उपभोक्तालगायत सरोकारवाला सबैलाई सचेत रहनसमेत अनुरोध गरिएको छ । अघिल्ला वर्षभन्दा अहिले म्याद नाघेका सामान कम भेटिएको सहायक प्रजिअ आचार्यले बताउनुभयो । 

पटकपटक अनुगमन गरी सचेत गराइएकाले म्याद गुज्रेका सामान तुलनात्मकरुपमा कम भेटिएको जनाएको छ । 

बाजुरा

यसैगरी, दशैँ तिहारको समयमा कालोबजारी मनोमानी बढ्ने भन्दै यहाँको स्थानीय प्रशासनले बजार अनुगमन कार्य तीव्र पारेको छ । बजार अनुगमन समितिले मंगलबार स्थानीय होटल पसलमा अनुगमन कार्य शुरु गरेको हो । 

दुईदिन गरेर मार्तडी र दुनी हाटबजारका ४५ भन्दा बढी पसलको अवस्थाबारे जानकारी लिइएको बजार अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र मल्लले बताउनुभएको छ । 

मंगलबार गरिएको अनुगमनका क्रममा रोशन एण्ड ज्ञानु मम सेकुवा सेन्टरका भीमबहादुर खड््काको पसलमा बिना अनुमतिको मदिरा भेटिएको र कारबाहीका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयमा पत्र पठाएको बताइएको छ । 

बुधबार गरिएको अनुगमनका क्रममा पाँचवटा पसलबाट ११७ प्याकेट बिस्कुट, १० प्याकेट खुर्सानी बरामद गरी जलाएर नष्ट गरिएको छ । अनुमगनमा समिति सदस्य उद्योग वाणिज्य संघ, प्रहरी, पत्रकार महासंघ, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । समितिले जिल्लाका अन्य बजारमा पनि अनुगमन गर्ने बताएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह