२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

राज्यमन्त्री पुनद्वारा सप्तरीको चन्द्रनहरलगायत अन्य सिँचाइ आयोजनाको निरीक्षण

२०७४, २९ भाद्र बिहीबार ०७:३१

भदौ २९, सप्तरी। सिँचाइ राज्यमन्त्री अमरसिँह पुनले साउनको अन्तिम सातामा आएको भीषण बाढी तथा वर्षाले नेपालकै पुरानो चन्द्र नहरलगायत अन्य सिँचाइ आयोजनामा भएको क्षतिको आज स्थलगत निरीक्षण गरी आवश्यक जानकारी लिनुभयो । 

उहाँले निरीक्षणपछि बाढीबाट क्षतिग्रस्त सिँचाइ आयोजनाको पुनः निर्माण, मर्मत र सिँचाइको व्यवस्था पुनः कायम गराउने सम्बन्धमा सिँचाइका प्राविधिक एवं विज्ञसँग छलफल गर्नुभयो । 

छलफलपश्चात् राज्यमन्त्री पुनले बाढीबाट क्षतिग्रस्त आयोजनाका प्रमुखलाई क्षतिको विवरण र निर्माणका लागि लाग्ने बजेटको सिँचाइ विभाग र मन्त्रालयमा लिखित पठाउन निर्देशन दिनुभयो । 

बाढीबाट कोशी पम्प चन्द्र व्यवस्थापन डिभिजनको रु ४८ करोड सात लाख खाँडो खोला आयोजनाको बाँध भत्किँदा रु तीन करोड तथा सिँचाइ विकास डिभिजनको लहर क्षतिग्रस्त हुँदा करिब रु ४० करोडको क्षति भएको बुझिएको छ । 

सप्तरीको साउनमा आएको अविरल बर्षा र बाढीका कारण मोहुली, जिता, बलान, बिहुल, खाँडौ र त्रियुगा नदीमा आएको बाढीले उक्त नहर क्षतिगस्त भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते