२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठान नगरमै विद्यालय आउजाउ गर्न चार घण्टा हिड्नुपर्छ

२०७४, २९ भाद्र बिहीबार ११:३५

सागर शर्मा। भदौ २९, प्युठान। प्युठान नगरपालिका–५ चान्जा गाउँका १६ वर्षीय बिनाराम बैजाली कक्षा ६ मा पढ्छन । विहान आठ बजेनै उनलाइ विद्यालय जान तयार हुनुपर्छ । घरबाट विद्यालय पुग्न उनलाई दुई घण्टा  हिड्नुपर्छ । 


गाउमा रहेको विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । माथिल्लो तहमा पढ्न गाउँका विद्यार्थीहरुलाई जुम्रीकाँढाको शिद्ध मावि ठुलागाँउ पुग्नुपर्र्ने बाध्यता छ । ‘विहान उठेर घरको काममा सघाउनुपर्छ,’ बैजालीले भने,‘विहान साढे ७ बजे खाना खाइसक्नुपर्छ ।’ खाना खाएर तयार हुँदा ८ बज्ने उनले बताए । 

विद्यालय जान आउन मात्र दैनिक चार घण्टा हिड्नुपर्ने भएकाले घरमा पढ्ने समय नहुने उनको भनाई छ ।  ‘स्कुलमा जति पढ्यो त्यो भन्दा बढी घरमा पढ्न समय नै हुँदैन,’ उनले भने,‘घरको काममा पनि सघाउनुपर्छ ।’

चान्जा गाउँ प्यूठान र रोल्पाको सिमानामा पर्छ । २३ घरधुरी रहेको दुर्गम गाउँ चाम्जामा अहिले सम्म कसैले पनि दश कक्षा पास नगरेको स्थानीय बताउँछन । गाउँ विकट र विद्यालय टाढा भएकाले विचमै पढाई छाडेर भारत जाने गर्दछन । बिनाराम घरबाट दिनहु एक्लै विद्यालय आउजाउ गर्छन । 

आफुसित अध्ययन गर्ने सहपाठी कोहि पनि नहुँदा घनाघोर जंगल छिचोलेर दैनिक चार घण्टाको बाटो हिड्नैपर्ने विनारामकी आमा गोमा बैजालीले बताइन् । ‘स्कुल टाढा छ, कहिले जान्छ कहिले जान्न,’ उनले भनिन्,‘एक्लै स्कुल आउजाउ गर्दा छोरा घर नआइपुगुनजेल चिन्ता लाग्छ ।’ बिद्यालय टाढा हुँदा पढाइलेखाइ समेत सोचेजस्तो राम्रो हुन नसकेको उनले बताईन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते