१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जन प्रतिनिधिहरुले आफुखुसी बजेट विनियोजन गरेको भन्दै बिरोध

२९ भाद्र २०७४, बिहीबार १२:२५

सम्राट सिंह/भदौ २९, बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का जन प्रतिनिधिहरुले  आफुखुसी बजेट बिनियोजन गरेको भन्दै स्थानियले बिरोध गरेका छन । 

वडा समितिका पदाधिकारीले आफुहरुले मनोमानी तरिकाले योजना बाँडेको भन्दै स्थानियले बिरोध जनाएको हो ।  वडा सदस्य तथा नेपाली काँग्रेसका नेता भक्तराज जोशीले आफु अध्यक्ष भएको धलदेउ निमाविमा, र वडा अध्यक्ष केश बहादुर रोकायाले आफु अध्यक्ष भएको नाननदेव प्राविमा र नेपाली काँग्रेसका नेता राजेन्द्र खडकाले आफु अध्यक्ष भएको रघुनाथ प्रावि साइलाबगरमा ३/३ लाख रकम बिनियोजन गरेको भन्दै स्थानिय बिरोधमा उत्रेको नेकपा एमाले पूर्व गाउँ कमिटि अध्यक्ष मदन  राज जोशीले बताए । उनले जन प्रतिनिधिहरुले आफु अध्यक्ष भएको विद्यालयहरुमा मात्र रकम विनियोजन गरेको आरोप लगाए ।

जिल्लाका हरेक स्थानिय तहमा आर्थिक निर्देशिका विपरित जन प्रतिनिधिहरुले रकम विनियोजन  गर्दा स्थानियहरुले बिरोध जनाएका छन । वडामा अत्यावश्यक योजनाहरुमा रकम विनियोजन नगरेर जन प्रतिनिधिहरुले आफ्नो गोजी भर्ने खालका योजनामा रकम बिनियोजन गरेकाले हामीले बिरोध गरेको स्थानिय सर्जन थापाले बताए । जन प्रतिनिधिहरुले निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह