२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जन प्रतिनिधिहरुले आफुखुसी बजेट विनियोजन गरेको भन्दै बिरोध

२०७४, २९ भाद्र बिहीबार १२:२५

सम्राट सिंह/भदौ २९, बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का जन प्रतिनिधिहरुले  आफुखुसी बजेट बिनियोजन गरेको भन्दै स्थानियले बिरोध गरेका छन । 

वडा समितिका पदाधिकारीले आफुहरुले मनोमानी तरिकाले योजना बाँडेको भन्दै स्थानियले बिरोध जनाएको हो ।  वडा सदस्य तथा नेपाली काँग्रेसका नेता भक्तराज जोशीले आफु अध्यक्ष भएको धलदेउ निमाविमा, र वडा अध्यक्ष केश बहादुर रोकायाले आफु अध्यक्ष भएको नाननदेव प्राविमा र नेपाली काँग्रेसका नेता राजेन्द्र खडकाले आफु अध्यक्ष भएको रघुनाथ प्रावि साइलाबगरमा ३/३ लाख रकम बिनियोजन गरेको भन्दै स्थानिय बिरोधमा उत्रेको नेकपा एमाले पूर्व गाउँ कमिटि अध्यक्ष मदन  राज जोशीले बताए । उनले जन प्रतिनिधिहरुले आफु अध्यक्ष भएको विद्यालयहरुमा मात्र रकम विनियोजन गरेको आरोप लगाए ।

जिल्लाका हरेक स्थानिय तहमा आर्थिक निर्देशिका विपरित जन प्रतिनिधिहरुले रकम विनियोजन  गर्दा स्थानियहरुले बिरोध जनाएका छन । वडामा अत्यावश्यक योजनाहरुमा रकम विनियोजन नगरेर जन प्रतिनिधिहरुले आफ्नो गोजी भर्ने खालका योजनामा रकम बिनियोजन गरेकाले हामीले बिरोध गरेको स्थानिय सर्जन थापाले बताए । जन प्रतिनिधिहरुले निर्णय नसच्याए कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते