पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ २९, दैलेख । </b>दैलेखको सियाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । <br></p><p>गुराँस गाउँपालिकाको वडा नम्बर ४ सियाकोटमा बा ४ ख ४२२२ नम्बरको माइक्रोबस दुर्घटना हुँदा दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ का ज्ञानेन्द्रबहादुर विष्टको ज्यान गएको हो । घाइतेहरुको सुर्खेतको देउति नर्सिङ होम र क्षेत्रीय अस्पताल कालागाँउमा उपचार भइरहेको छ । </p>

