इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोला"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

ओभरलोड, भवरलोड नियन्त्रणमा कपिलबस्तुका ट्राफिक प्रहरीद्वारा ब्यापक कडाई

३० भाद्र २०७४, शुक्रबार १०:१४

इमरान खान | भदौ ३०, कपिलवस्तु | कपिलपस्तु जिल्लामा बिगत छ र सात महिना देखिनै ओभरलोड तथा भवरलोड नियन्त्रण गरेको कपिलबस्तु ट्राफिक प्रहरीले हालका केही दिन यता खोलाजन्य ढुंगा, गिटि, वालुवा, औद्योगिक कच्चा पदार्थ क्लिंकर तथा भुस तथा परालका ब्यवसायीहरुले अटेरी गरि ओभरलोड तथा भवरलोड गरि ओसारपसार गर्न थालेपछि त्यस्ता सवारी साधनलाई नियन्त्रणमा लिई ट्राफिक प्रहरीले कारवाही थालनि गरेको छ । 

त्यस्ता सवारी साधनहरु कसैको एरियाबाट जान उम्कन नदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलबस्तुले आफ्ना मातहत इकाइलाई समेत कडा निर्देशन गरेको छ । आफ्नो सवारी साधनको क्षमता भन्दा अत्यधिक बढि सामान राखि ल्याउने नेपाली तथा भारतिय नम्बर प्लेटका सवारी साधनहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसींगेको हातामा राखी भार मिलान गरेपछि पुनः नियमानुसारको जरिवाना गरि छाडिने गरिएको छ । हालैका तीन दिन यता २० वटा भन्दा बढि सवारी साधनहरु कारवाहीमा परेका छन । 

सवारी साधनभन्दा धेरै बाहिर र माथिसम्म भारी बनाई ओसारपसार हुँदै आएको पराल तथा भुसका सवारी साधनहरु दिनको समयमा आवतजावत गर्दा सडकमा अन्य सवारी साधनलाई प्रत्यक्ष असर पर्ने भएको हुदा रातको समयमा सवारी चाप कम हुनुका साथै अन्य समस्या समेत कम हुने हुदा त्यस्ता सामानको ढुवानी गर्दा सकभर रातमै गर्न सम्बन्धित समिति, ब्यबसायीहरु र चालक समेतलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे, कपिलबस्तु का प्रहरी निरक्षक अमर बहादुर कार्कीले अनुरोध समेत गरेका छन  ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह