सास । भदौ ३०, बर्दिया ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा परिवारका सदस्यहरु बाहिरिँदा घरपरिवार आर्थिक तथा अन्य विभिन्न हिंसाजन्य आन्तरिक कारणहरुबाट तनावग्रस्त भएको आज बढैयाताल गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी जनप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । भदौ ३०, बर्दिया ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा परिवारका सदस्यहरु बाहिरिँदा घरपरिवार आर्थिक तथा अन्य विभिन्न हिंसाजन्य आन्तरिक कारणहरुबाट तनावग्रस्त भएको आज बढैयाताल गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी जनप्र"/>

2026-09-15 08:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

वैदेशिक रोजगारले घरपरिवार तनावग्रस्त

सास । भदौ ३०, बर्दिया ।

पछिल्लो समयमा वैदेशिक रोजगारमा परिवारका सदस्यहरु बाहिरिँदा घरपरिवार आर्थिक तथा अन्य विभिन्न हिंसाजन्य आन्तरिक कारणहरुबाट तनावग्रस्त भएको आज बढैयाताल गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले खुलासा गरेका छन् ।

 

बढैयाताल गाउँपालिकाको मैनापोखरमा ओरेक नेपाल र प्लान इन्टरनेशनलको साझेदारीमा नव निर्वाचित जनप्रतिनिधीहरुसँग  आयोजना गरिएको ‘लैङ्गिक विभेदमा आधारित हिंसा विषयक’ अन्तक्रियामा सहभागी हुँदै यस्तो कुरा औंल्याइएको हो ।

कार्यक्रमका सहभागी प्रत्येक वडाका अध्यक्ष र एक जना महिला जनप्रतिनिधीहरुले मधेसी समुदायमा अझैपनि बालविवाह जस्तो सामाजिक विकृति रहेको बताएका थिए । यसैगरी बढैयाताल गाउँपालिका भारतसँग खुला सिमाना रहेकाले पनि मानव बेचविखनका लागि दलालहरुले प्रयोग गर्ने गरेकोले यस प्रकारका सामाजिक अपराधहरु हुन नदिनका लागि जिम्मेवार भएर लाग्नुपर्ने कुरा औंल्याइएको थियो । विद्यालयमा बालबालिकामाथि हुने हिंसामा कमी नआएकोले सम्बधित निकायहरुले यसमा गम्भीरतापूर्वक सोच्न र परिणाममुखी कार्यक्रमहरु सञ्चालन गर्न माग गरिएको थियो । 


यसैबीच समाजमा व्याप्त विविध प्रकारका हिंसाहरु न्यूनीकरण गर्दै सामाजिक न्याय दिलाउनका लागि प्रतिवद्ध रहेको महिला जनप्रतिनिधीहरुले बताएका छन् । 

बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष दीपा गौतमले हिजो आयोजित कार्यक्रममा यस्तो प्रतिवद्धता जनाउनुभएको हो । 

कार्यक्रममा समाजमा अपनाइएका परम्परागत हानिकारक अभ्यासहरु तथा पितृसत्तात्मक सोचका कारणले गर्दा पनि विभिन्न स्वरुपका विभेदहरु रहेकोमा यस प्रकारका अवधारणहरु चीर्दै सामाजिक न्यायका लागि समाजमा प्रभावकारी ढंगबाट कसरी काम गर्न सकिन्छ भन्ने सवालमा समेत सहजीकरण गरिएको ओरेक जिल्ला संयोजक विपना योगीले बताउनुभयो । 

सहभागी जनप्रतिनिधीहरुले घरमै पनि आन्तरिक रुपमा बहुआयामिक जिम्मेवारी निर्वाह गर्दा गर्दैै पनि महिलाहरुले सानातिना कुराहरु सहनुपर्छ भन्ने गलत संस्कारका कारणले गर्दा पनि घरपरिवारमा नै नजानिदो पारामा किसिमबाट महिला हिंसा वृद्धि भैरहेको औंल्याएका थिए । 


सहभागी जनप्रतिनिधीहरुले हिंसा र न्यायिक सवालका विषयहरुमा अनविज्ञ रहेकोले यसका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले तालीम तथा अन्तक्रियात्मक कार्यक्रमहरुका माध्यमबाट सुसुचित गराउनुपर्ने धारणा राखेका थिए ।

यसैबीच, हिजो विहान ‘युवा महिलाहरुको आर्थिक सशक्तीकरणमा नीजि क्षेत्रको भूमिका’ विषयक अन्तक्रिया कार्यक्रममा निजी क्षेत्रमा आवद्ध महिला तथा व्यावसायीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरुले खासगरी स्थानीय स्तरमा रहेका उद्योग, कलकारखाना, व्यावसायिक फर्महरुमा महिलाहरुलाई सहयोगी कामदारका रुपमा मात्रै राख्ने गरिएको र कुनै कुनै व्यावसायिक प्रतिष्ठानहरुले महिलाहरुलाई काम नै नलगाउने गरेको गुनासो गरेका औंल्याइएको थियो । उपस्थित व्यावसायीहरुले यसका लागि युवा महिलाहरुलाई प्राविधिक सीप र ज्ञान दिएर दक्ष बनाउन सकेमा रोजगारी दिन सकिने प्रतिवद्धता समेत गरेका थिए ।     


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ