१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गोली हानि हत्या गरेर फरार भएका अभियुक्त दश वर्षपछि पक्राउ

३१ भाद्र २०७४, शनिबार ०३:४०

भदौ ३१, इनरुवा । सुनसरीका देवनन्दन मेहताको हत्या गरेर फरार एक अभियुक्तलाई १० वर्षपछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले साविक कप्तानगञ्ज गाविस–६ का मेहताको हत्या गरेर फरार रहेका तीन अभियुक्तमध्ये भारत, अररिया जिल्ला नवागञ्ज गाउँ पञ्चायत कोसकापुरका अल्लाउदिन मियाँलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । 

मियाँलाई २०६५ साल कात्तिक ९ गते मेहतालाई गोली हानेर हत्या गरी फरार भएको अभियोग लगाइएको छ । प्रहरीले खोजअनुसन्धान जारी राखेका बेला जिप्रका सुनसरी र इप्रका देवानगञ्जको टोलीले सीमामा लुकीछिपी बस्दै आएका मियाँलाई पक्राउ गरेको हो । 

अभियुक्त मियाँलाई सुनसरी जिल्ला अदालतबाट कानूनअनुसार म्याद थप गरी अनुसन्धान जारी रहेको छ । माझीले अभियुक्त मियाँ हत्यामा संलग्न रहेको पुष्टि भएको र थप फरार पाचु मियाँ र कमाल मियाँको पनि खोजी भइरहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह