१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा नगरपालिकामै छैन प्रहरीचौकी

३१ भाद्र २०७४, शनिबार ०६:२७

भदौ ३१, दैलेख । दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ । 

स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्कता खड्किएको छ । 

यसअघि माथिल्लो कर्णाली आयोजनाको सुरक्षाको लागि पालेतडामा रहेको प्रहरी चौकीले सुरक्षा हेर्ने गरेको थियो । 

अहिले पालेतडाबाट सदरमुकामसम्म पुग्न चार घण्टा लाग्ने गर्दछ । अहिले नगरपालिका निर्माण भएको स्थानको मुख्य केन्द्र भन्दा निकै टाढा अपायकपर्ने स्थानमा प्रहरीचौकी रहेकोले समस्या भएको दैलेख प्रहरीले जानकारी दिएको छ । 

प्रहरी प्रमुख सरोज पौड्यालले चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि इलाका प्रहरीचौकी माग गरेर पठाएको बताउनुभयो । जिल्लामा प्रहरी दरबन्दीसमेत अभाव भएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिनुभयो । 

जिल्लाभरका विभिन्न स्थानमा १६ वटा मात्र युनिट रहेका छन् । तीन सय ४१ जनाको दरबन्दी रहेको दैलेख प्रहरीमा हाल २७७ जना मात्र रहेको बताइएको छ । 

जिल्लाभर रहेका तीन लाख जनसंख्याको सुरक्षाको लागि प्रहरी संख्या धेरै न्यून भएकाले यसको व्यवस्थापनका लागि सरकारसँग बारम्बार माग गरेर सर्वदलीय बैठकमार्फत पठाइको सांसद लक्ष्मी पोखरेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह