२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

स्तन क्यान्सरले सुमित्राको जीवन जोखिममा, पाँच छोराछोरीको विचल्ली

२०७४, १ आश्विन आईतवार ०५:२७

चिसाङ शेर्पा/असोज १, खोटाङ । ‘दैवले नि दुखीलाई नै दुःख दिन्छ’ भन्ने उखान खोटाङका एक दम्पत्तीलाई लागू हुंदा उनीहरुको भोकतिर्खा हराएको छ ।


परिवारको सल्लाहमा फरक क्षमता (कान नसुन्ने) केटासंग विवाह गरेका र भएको श्रीमानलाई जिवनभर साथ दिने कवुल गरी दाम्पत्य जिवन विताउँदै आएकी एक महिलाको सपना चकनाचुर भएको छ । रुपाकोट मझुवागढी नगरपालिका – १२ जालपा पुरानोगाउँका ३८ वर्षिय सुमित्रा राईलाई स्तन क्यान्सरको तेस्रो चरण भईसकेको थाहा भएपछि उनको सपना चकनाचुर भएको हो ।

५ जना छोराछोरीको आमालाई उमेरमै स्तन क्यान्सर भएपछि छोरोछारीहरुको विचल्ली भएको छ । वुवा कान नसुन्ने र आमाले घरमुलीको भुमिका निभाईरहंदा आमालाई नै दुई महिना अघिवाट स्तन क्यान्सर भएको पत्ता लागेपछि आमासहित वालवच्चाको विजोग भएको हो ।

निम्न आर्थिक स्थिती भएका सुमित्रा विरामी हुंदै गएपछि चेकअप गराउँदा स्तन क्यान्सर भएको चिकित्सकले पुष्टि गरेको उनका ज्वाई युवाराज राईले बताए । गाउँमै सामान्य उपचार गर्दै बसेका राईलाई स्तन क्यान्सरको तेस्रो चरणको अवस्था भईसकेको भक्तपुर क्यान्सर अस्पतालका डाक्टरले जनाएको छ । 

सुमित्रालाई गाउँलेहरुको सहयोगमा हाल भक्तपुर क्यान्सर अस्पतालमा ६ पटक सम्म किमोथेरापी गर्नुपर्ने बाध्यात्मक अवस्थामा अहिले तेस्रोपटकको फलोअप भैरहेको छ । रोग निर्मुलनका लागि किमोथेरापी मात्र पर्याप्त नहुने र तत्काल अपरेशन गरे राई पुर्णरुपमा ठिक हुने चिकित्सकहरुको भनाई छ । 

यधपि, कमाई गर्ने श्रीमान नै कान नसुन्ने र छोराछोरीहरु सानै भएकाले परिवारवाट पैसा जुटाउन नसक्ने अवस्था रहेको सुमित्राका देवर जट्ट वहादुर राईले जानकारी दिनुभयो । ‘गाउँले लगायत शुभचिन्तकहरुवाट संकलन गरिएको डेढ लाख रकम किमोथेरापी, औषधी सेवन गर्नमा ठिक्क भएको छ । अव कहाँवाट पैसा जुटाउने र भाउजुको अपरेशन गर्ने होला ।’ देवर राईले थपे ।

अस्पतालका अनुसार उनको अपरेशन गर्नका लागि सातदेखी आठलाख लाग्ने भएको छ । सवैको सहयोग पाए सुमित्राले पुनः जिवन पाउने र नानीहरुकोे भविष्य वन्नमा मद्दत पुग्ने ज्वाई युवाराजले बताए । 

आर्थिक अभावमा गुज्रिएको परिवारले जिवन वचाउँका लागि सवैमा सहयोगको अपिल गरेका छन् । सहयोगीहरुले नेपाल राष्ट्र वाणिज्य वैंक दिक्तेलमा रहेको जनसेवा समाज जालपाको खाता नम्बर २०६०००१५४६०१ मा जम्मा गर्न सकिने व्यवस्था मिलाईएको परिवारले जनाएको छ । विरामीलाई ९८१५७७९०३५ नम्वरमा सिधा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित