२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’ पौडेललाई

२०७४, १ आश्विन आईतवार ०६:२६

असोज १, पोखरा। प्रजातन्त्रका सेनानी स्व ‘दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, २०७४’ बाट अग्रज पत्रकार पुण्य पौडेललाई सम्मानित गरिने भएकोछ । 

स्व दयाशंकर पालिखेका परिवारद्वारा स्थापित एवं नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित सो पुरस्कारको राशि रु ३३ हजार ३३३, दोसल्ला र सम्मानपत्र रहेको छ । 

दुई दशकदेखि लगातार पत्रकारितामा क्रियाशील पत्रकार पौडेल ‘पोखरापत्र राष्ट्रिय दैनिक’का प्रधानसम्पादक हुनुहुन्छ । 

प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीको संयोजकत्वमा गठन गरिएको प्रतिभा छनोट समितिको सिफारिसका आधारमा पत्रकार महासंघको बैठकले पौडेलको नाम अनुमोदन गरेको हो । 

यसैगरी नेपाल पत्रकार महासंघद्वारा सञ्चालित ‘टंकादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता पुरस्कार’ युवा तथा क्रियाशील पत्रकार माधव पनेरुलाई प्रदान गरिने भएको छ । 

पोखरा लेखनाथ महानगरपालिका–५का बासिन्दा स्व टंकादेवी तुल्सीप्रसाद कोइरालाका परिवारजनबाट स्थापित सो पुरस्कारको राशि रु २० हजार नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । 

पत्रकार महासंघ कास्की शाखाद्वारा सञ्चालित एवं ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ क्रियाशील पत्रकार सरिता तिम्सिना पंगेनीलाई प्रदान गरिने भएको छ । 

सो पुरस्कारको राशि रु ११ हजार १११, दोसल्ला र सम्मानपत्र रहेको छ । रासस

‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कार’ यही असोज ७ गते, ‘टंकादेवी तुलसीप्रसाद कोइराला स्मृति’ र ‘मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार’ एक समारोहबीच प्रदान गरिने महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो