१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

नेपाल भारत सीमामा कडाइ

१ आश्विन २०७४, आईतवार ०७:४२

असोज १, सप्तरी। तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । 

सप्तरी र बिहार सुपौल जिल्लाका पदाधिकारीको सो बैठकले सीमा क्षेत्रमा सवारीसाधन चल्न नदिने र जाँच कडा पार्ने निर्णय गरेको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताउनुभयो । 

त्यस्तै जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै सुरक्षा व्यवस्थापनअन्तर्गत सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षाकर्मीले संयुक्त रुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताउनुभयो । 

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्तदुरुस्त र सुदृढ बनाइएको छ । मतदातालाई ढुक्क भएर मतदानस्थलमा गई मतदान गर्न प्रजिअ पाण्डेले आग्रह गर्नुभयो । 

नेपाल भारतको हित हुने उद्देश्यले अति आवश्यक परेकालाई सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँच गरिसकेपछि मात्र जान दिन सकिने जिप्रका सप्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह