पढ्न करिब 1 मिनेट लाग्छ

असोज २, पोखरा। रुपा गाउँपालिका कार्यालय कास्कीले गाउँपालिका क्षेत्रभित्र मानव स्वास्थ्य र त्यससँग सम्बन्धित विविध वस्तुको आइतबार अनुगमन गरेको छ ।

कार्यालयले स्वास्थ्य संस्था, विद्यालयका साथै मानिसले उपयोग गर्ने औषधिजन्य वस्तु, खाद्यान्न आदिको सम्बन्धित विषय सम्बद्ध प्राविधिकको उपस्थितिमा अनुगमन गरेको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छुट्टछुट्टै दुई समूहमार्फत गाउँपालिकाका वडा नं ३, ४, ५ र ७ का मुख्य बजार देउराली, गैरापोखरी, पोल्याङ, रामदी, रामपुर र पिप्लेका १२० वटा पसलमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा बजारमा बिक्रीका लागि राखिएका विभिन्न कम्पनीका बिस्कुट, सुजी, खानेतेल, गुल्कोज लगायतका सामग्री म्याद सकिएका पाइएको उहाँले बताउनुभयो ।

त्यस्तै साँझ ५:०० देखि ९:०० बजेसम्म बाहेक अन्य समयमा मदिरा बिक्री वितरणमा पनि रोक लगाइएको छ । अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, स्वास्थ्य, पशु स्वास्थ्य, कृषि क्षेत्रका प्राविधिक सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले जानकारी दिनुभयो । रासस