१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको दश हजार हेक्टर वन क्षेत्र अतिक्रमण

२ आश्विन २०७४, सोमबार ११:०४

असोज २, कपिलवस्तु।विभिन्न संघ संस्था र व्यक्तिले कपिलवस्तुको ठूलो क्षेत्रफलको वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । 

जिल्लाको कूल ६२ हजार २११ हेक्टर वनमध्ये १० हजार ६४४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जिल्ला वन कार्यालयले जनाएको हो । 

वन कार्यलयका उपसचिव कृष्णराज न्यौपानेकाअनुसार उत्तरी क्षेत्रका दुबिया, वाणगंगा, महेन्द्रकोट, बूढी, जयनगर, वरकलपुर, भलवाड, धनकौली, पटनालगायतका स्थानमा अस्पताल, विद्यालय, विभिन्न संघसंस्था र व्यक्तिले वन अतिक्रमण गरेका हुन् । 

यस्तै तिलौराकोट, निग्लिहवा र शिवपुरलगायतका क्षेत्रमा पनि वन अतिक्रमण भएको वन कार्यलयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी बाणगंगा नगरपालिकाको पटना क्षेत्रमा करिब तीन हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको उपसचिव न्यौपानेले जानकारी दिनुभयो । 

जिल्लामा आव ०४७÷४८ मा सात हजार ७०० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकामा त्यसयता झण्डै थप चार हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । 

कार्यालयले पछिल्लो पाँच वर्षको अवधिमा ७१५ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएर वृक्षरोपण गरेको जनाएको छ । 

वन क्षेत्रमा अतिक्रमण बढेपछि रोक्ने प्रयास गरिए पनि पुरानो बस्ती, वैकल्पिक स्थान अभाव र राजनीतिक हस्तक्षेपले अवरोध भएको बताइएको छ । 

वन क्षेत्र अतिक्रमण गर्नेलाई वन अतिक्रमण ऐन २०६८ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको र कतिपयलाई कारबाहीसमेत गरिएको कार्यालयले जनाएको छ । 

रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह