२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुटवलको बजेट कार्यान्वयनमा जोड

२०७४, ३ आश्विन मंगलवार ११:४०

असोज ३, बुटवल।तिलोत्तमा नगरपालिकाले नगर कार्यपालिका बैठकले विनियोजन गरेका सबै विकास योजनालाई प्रभावकारी ढंगले अगाडि बढाउन थालेको छ । 

नगरपालिकाले कार्यपालिका बैठकले विनियोजन गरेको बजेट कार्यान्वयनका लागि पुस मसान्तसम्ममा प्रक्रिया अघि नबढाएमा विनियोजन बजेट रकमान्तर गर्ने निर्णय गरेको छ । 

तिलोत्तमा नगरपालिकाको गत साउन ३१ गते भएको प्रथम नगरसभा बैठकले नगरभित्र विभिन्न महत्वपूर्ण विकास योजनासहित करिब रु एक अर्ब ६३ लाखको बजेट निर्माण गरेको थियो । बैठकले नगरपालिकाभित्र बसपार्क निर्माण गर्ने, विभिन्न क्षेत्रका सडक निर्माण, शंकरनगर वनवाटिकामा भ्यू टावर निर्माणलगायतका योजना अगाडि सारेको छ । 

“किसान लक्षित कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ,” नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले भन्नुभयो । नगरपालिकाले विभिन्न विषयगत समितिलाई पूर्णता समेत दिएको छ । यसअघि संयोजक तोकिएका विषयगत समितिलाई नगर कार्यपालिकाको बैठकले पूर्णता दिएको हो । 

नगर प्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा कार्यपालिका बैठक बसेको थियो । कार्यपालिकाको बैठकले नगरपालिकाको कानूनी सल्लाहकारमा खुमाकान्त पौडेल तथा प्रेस सल्लाहकारमा बिपी गौतमलाई चयन गरेको छ । बैठकले नगरपालिकाको वडा नं ३ तथा ४, ८ र ११ का वडा कार्यालय यसअघि सञ्चालन भएका ठाउँबाट अलग गरी छुट्टै सञ्चालन गर्ने निर्णय गरेको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने