१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानको सरुमारानी गाउँपालिकालाई जग्गादान

३ आश्विन २०७४, मंगलवार १२:४६

सलिम अन्सारी/असोज ३, प्यूठान । सरुमारानी गाउँपालिका भवन बनाउन स्थानियले निशुल्क जग्गा दिएका छन । 

गाउँपालिकाका लागि आवाश्यक भौतिक सँरचना निर्माणका लागि स्थानीय ४ परिवारले साढे चार रोपनी जग्गा दिएका हुन । स्थानीयले जिल्ला मालपोत कार्यालय प्यूठानमा गाउँपालिकाको नाममा जग्गा रजिस्टेशन पास गरिदिएको सरुमारानी गाउँपालिका कार्यालयले बताएको हो ।

जग्गाको मूल्य स्थानीय चलनचल्तीको मूल्य अनुसार करिव २५ लाख रुपैयाँ पर्छ। साबिकको ढुगेँगढी गाबिस स्थित बडडाडामा जग्गा दिएको स्थानीय शिव बहादुर बुढाथोकीले जानकारी दिए।

"गाउँपालिकाको बिकासका लागि सेण्टर (केन्द्रमा) पर्ने गरि जग्गा दिएका छौँ" उनले भने "गाउँपालिका यहाँ बस्यो भने हामीलाइ पनि सजीलो हुन्छ।" जग्गा दिनेहरुमा स्थानीय शिव बहादुर वुढाथोकी,चन्द्र बहादुर बुढाथोकी,सुरेन्द्रराज भण्डारी र प्रकाश गौतम रहेका छन।

जग्गा प्राप्त भएपछि अव चाडै भवन निर्माण गरिने र यसका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा एक करोड रुपैयाँ बजेट समेत बिनियोजन गरिसकिएको गाउँपालिका कार्यालयले बताएको छ।कार्यालय निर्माण भएसँगै स्थानीयलाइ गाउँपालिकाबाट सँघिय व्यावस्था अनुरुप सरकारी सेवासुबिधा प्रदान गर्ने गाउँपालिकाको तयारी छ। गाउँपालिकाको कार्यालय अहिले भाडाको घरवाट सँचालन हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह