2026-10-18 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

देउराली सोसाइटीको बजेट साढे नौ करोड

प्रकाश धौलाकोटी। असोज ४, तेह्रथुम। तेह्रथुममा क्रियाशील गैर–सरकारी संस्था देउराली सोसाइटीले आर्थिक वर्ष २०७४÷०७५ का लागि झण्डै साढे नौ करोड रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । संस्थाको २४ औँ साधारण सभा तथा १० औँ अबिधेशन बाट पारित गर्दै सोसाइटीले चालु आर्थिक वर्ष २०७४÷०७५ कालागि कुल ९ करोड ४८ लाख २९ हजार ६ सय ४७ रुपैयाँ बराबरको अनुमानित बजेटसहितका कार्यक्रम सार्वजनिक गरेको हो । 

जसमध्ये ५५ प्रतिशत अर्थात् ५ करोड ३५ लाख ४९ हजार २ सय रुपैयाँ समुदायमा प्रत्यक्ष रुपमा जानेछ । बाँकीमध्ये १४ प्रतिशत प्रशासनिक खर्च, २ प्रतिशत अनुगमन, ५ प्रतिशत संस्थागत विकास र २४ प्रतिशत कार्यक्रमिक खर्च गरिने संस्थाका महासचिव प्रेमचन्द्र निङ्लेकुले जानकारी दिए । कुल बजेटमध्ये ४ करोड ११ लाख ८० हजार ४ सय ४७ रुपैयाँ कार्यक्रमिक संस्थागत खर्चतर्फ अनुमान गरिएको छ । 

संस्थाले सन्चालन गर्ने एक दर्जन बढी कार्यक्रमहरुमा यत्तिका ठुलो बजेट खर्च हुन लागेको हो । प्रस्तुत बजेटमा स्थानीय अधिकार कार्यक्रममा १ करोड १२ लाख ५० हजार ९ सय, ग्रामीण खानेपानी कार्यक्रममा ४ करोड ५१ लाख ३७ हजार ३ सय १८, पुर्ण सरसफाई कार्यक्रममा २८ लाख ९८ हजार ९ सय २०, गरिबी निवारण कोष कार्यक्रममा १ करोड ७५ लाख ४७ हजार ८ सय ९, जापान सहयोग विकास कार्यक्रममा २४ लाख र बाल अधिकार कार्यक्रममा १३ लाख ५४ हजार रुपैयाँ आकलन गरिएको छ । 

यस्तै स्थानीय शासन कार्यक्रममा २४ लाख, सुधारिएको चुलो कार्यक्रममा १५ लाख, लघुउद्यम विकास कार्यक्रममा २६ लाख, सहकारी सम्बन्धी कार्यक्रममा ५ लाख, निर्वाचन शिक्षा कार्यक्रममा १२ लाख रुपैयाँ बजेट आंकलन गरिएको संस्थाले जनाएको छ । संस्थाको साधारण सभामा गत आर्थिक वर्ष २०७३÷०७४ मा खर्च भएको ३ करोड ९९ लाख १७ हजार ६ सय ८३  रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन समेत अनुमोदन भएको छ । 

सो वर्ष सस्थाले स्थानीय अधिकार कार्यक्रम, गरिबी निवारण, जापान विकास सहयोग परियोजना, स्थानीय शासन तथा सामुदायिक विकास, बाल अधिकार तथा शान्ति शिक्षा, समृद्ध पहाड परियोजना, स्थानीय तहको निर्बाचनमा महिला सहभागीता, निर्बाचन शिक्षा कार्यक्रम, लद्यु उद्यम बिकास कार्यक्रम र जैबिक उर्जा अन्र्तगत सुधारिएको चुलो निर्माण लगायत एक दर्जन बढी कार्यक्रम सन्चालन गरेको थियो । 

ती सन्चालित कार्यक्रमहरुबाट जिल्लामा १ सय ८९ जना लघुउद्यमीहरु तयार,१ हजार ८ सय ६४ सुधारिएको चुलो निर्माण, १८ वटा सहकारीको संस्थागत विकास, ८ वटा खानेपानी आयोजना निर्माण सुरु, २४ वटा विद्यालय र २२ वटा वडाहरु पुर्ण सरसफाईयुक्त घोषणा भएका निर्देशक कपिलदेव सिंगकले बताए । 

वि.स. ०४८ मा फेदाप गाउँपालिका–३, तत्कालिन जलजले गाउँ विकास समितिबाट स्थापना भई काम थालेको देउराली सोसाइटी अहिले जिल्लाकै ठुलो र श्रोतसाधनले सम्पन्न गैरसरकारी संस्थाको रुपमा विकास भएको छ । हाल संस्थाको आफ्नै सुविधा सम्पन्न भवन समेत रहेको छ ।

यसैबीच १० औँ अधिवेशनबाट अध्यक्षमा मोहन भण्डारी निर्वाचित हुनुभएको छ । १५ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा विमला फोम्बो र चिरन्जिवीमान श्रेष्ठ, महासचिवमा प्रेमचन्द्र निङ्लेकु, सचिवमा प्रेमप्रसाद भट्टराई र सदस्यहरुमा भगिश्वर लिम्बु, विनोद निरौला, जमुना कार्की मगर, कल्पना सम्बाहाम्फे, लालबहादुर घतानी, दिलकुमारी शंकर, डम्बर बाँस्कोटा रहनुभएको छ । कोषाध्यक्ष र अन्य सदस्यहरु मनोनित हुन बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु