११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम ‘ख’ को सातौं क्षेत्रीय अधिवेशन सम्पन्न

९ फाल्गुन २०७२, आईतवार ०३:१६

प्रभात सुवेदी । फागुन ९, बर्दिया । प्रगतिशिल प्राध्यापक संगठन मध्यपश्चिम ‘ख’ को सातौ क्षेत्रिय अधिबेशन जिल्ला सदरमुकाम गुलरियामा सम्पन्न गरिएको छ । अधिवेशनले बबई बहुमुखी क्याम्पसका अध्यक्ष यदुनाथ पौडेलको अध्यक्षतामा ९ सदसिय कार्य समिति गठन गरेको छ ।

संगठनको उपाध्यक्षमा बागेश्वरी बहुमुखी क्याम्पसका ज्ञानेन्द्र बहादुर शाही, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका दमनध्वज बि.सी. सचिव, सुर्खेत क्याम्पस शिक्षा बलभद्र भारती कोषाध्यक्षमा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा महेन्द्र ब क्याम्पस नेपालगञ्जका जगत भण्डारी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका बिनोद अधिकारी, बागेश्वरी बहुमुखी क्याम्पसका नबल किसोर, रत्न द्रोणाचल क्याम्पस दैलेखका आत्मा राम अधिकारी, बर्दिया बहुमुखी क्याम्पसका चन्द्र प्रसाद जैशी चयन हुनुभएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम ‘ख’ का अध्यक्ष माधवप्रसाद खनालको सभापतित्वमा सम्पन्न अधिवेशनमा आफ्ना मन्तव्य राख्ने क्रममा शिक्षा क्षेत्रमा नीति र नियत फरक हुँदा धनाड्यहरुको सन्तानहरु मात्र अध्ययन गर्ने थलोका रुपमा विकास भएको र शिक्षा क्षेत्रमा व्यापक भ्रष्टाचार, राजनैतिक हस्तक्षेप हावी भएको जसका कारण गुणस्तरमाथि नै प्रश्न उठिरहेको कुरा सहभागीहरुले औंल्याएका छन् ।

नेपाल प्रगतिशील प्रध्यापक संगठनको मध्यपश्चिम ‘ख’ को ७ औं क्षेत्रीय अधिबेशनको उद्घाटन कार्यक्रममा उपरोक्त कुरा औंल्याउँदै शिक्षाको गुणस्तर बृद्धि गर्न र देशको आर्थिक समृद्धिका लागि शैक्षिक नीति स्पष्ट र जनमुखी बनाईनु पर्ने कुरामा जोड दिइएको हो ।

ब्यबस्थापिका सांसद सदस्य लिला राना मगरले अनौपचारिक शिक्षा मार्फत दक्षता हासिल गरेका ब्यक्तिहरुले पनि प्राध्यापन गर्न सक्ने शैक्षिक प्रावधान निर्माण गर्न आवश्यक रहेको बताउनुहुँदै संसदमा खुला विश्वविद्यालयको अवधारणामाथि छलफल भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा विभिन्न जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, नेपाल प्रगतिशील प्रध्यापक संगठनका केन्द्रीय अध्यक्ष डा.यादवप्रकाश लामिछाने नेपाल प्रगतिशील प्रध्यापक संगठनका महासचिव डा.खगराज शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य दानबहादुर हमाल संगठनका मध्यपश्चिम ‘क’ का अध्यक्ष श्रीधर मजगैयाँ, राष्ट्रिय जनमोर्चाका युवराज ढंकाल, बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख बिनोद कुमार अग्रवाल, नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष मीनराज शर्मा, बर्दिया नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओली लगायतका व्यक्तित्वहरुले अधिवेशनको पूर्ण सफलताको कामना गर्दै आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा