२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम ‘ख’ को सातौं क्षेत्रीय अधिवेशन सम्पन्न

२०७२, ९ फाल्गुन आईतवार ०३:१६

प्रभात सुवेदी । फागुन ९, बर्दिया । प्रगतिशिल प्राध्यापक संगठन मध्यपश्चिम ‘ख’ को सातौ क्षेत्रिय अधिबेशन जिल्ला सदरमुकाम गुलरियामा सम्पन्न गरिएको छ । अधिवेशनले बबई बहुमुखी क्याम्पसका अध्यक्ष यदुनाथ पौडेलको अध्यक्षतामा ९ सदसिय कार्य समिति गठन गरेको छ ।

संगठनको उपाध्यक्षमा बागेश्वरी बहुमुखी क्याम्पसका ज्ञानेन्द्र बहादुर शाही, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका दमनध्वज बि.सी. सचिव, सुर्खेत क्याम्पस शिक्षा बलभद्र भारती कोषाध्यक्षमा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा महेन्द्र ब क्याम्पस नेपालगञ्जका जगत भण्डारी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका बिनोद अधिकारी, बागेश्वरी बहुमुखी क्याम्पसका नबल किसोर, रत्न द्रोणाचल क्याम्पस दैलेखका आत्मा राम अधिकारी, बर्दिया बहुमुखी क्याम्पसका चन्द्र प्रसाद जैशी चयन हुनुभएको छ ।

नेपाल प्रगतिशील प्राध्यापक संगठन मध्यपश्चिम ‘ख’ का अध्यक्ष माधवप्रसाद खनालको सभापतित्वमा सम्पन्न अधिवेशनमा आफ्ना मन्तव्य राख्ने क्रममा शिक्षा क्षेत्रमा नीति र नियत फरक हुँदा धनाड्यहरुको सन्तानहरु मात्र अध्ययन गर्ने थलोका रुपमा विकास भएको र शिक्षा क्षेत्रमा व्यापक भ्रष्टाचार, राजनैतिक हस्तक्षेप हावी भएको जसका कारण गुणस्तरमाथि नै प्रश्न उठिरहेको कुरा सहभागीहरुले औंल्याएका छन् ।

नेपाल प्रगतिशील प्रध्यापक संगठनको मध्यपश्चिम ‘ख’ को ७ औं क्षेत्रीय अधिबेशनको उद्घाटन कार्यक्रममा उपरोक्त कुरा औंल्याउँदै शिक्षाको गुणस्तर बृद्धि गर्न र देशको आर्थिक समृद्धिका लागि शैक्षिक नीति स्पष्ट र जनमुखी बनाईनु पर्ने कुरामा जोड दिइएको हो ।

ब्यबस्थापिका सांसद सदस्य लिला राना मगरले अनौपचारिक शिक्षा मार्फत दक्षता हासिल गरेका ब्यक्तिहरुले पनि प्राध्यापन गर्न सक्ने शैक्षिक प्रावधान निर्माण गर्न आवश्यक रहेको बताउनुहुँदै संसदमा खुला विश्वविद्यालयको अवधारणामाथि छलफल भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा विभिन्न जिल्लास्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, नेपाल प्रगतिशील प्रध्यापक संगठनका केन्द्रीय अध्यक्ष डा.यादवप्रकाश लामिछाने नेपाल प्रगतिशील प्रध्यापक संगठनका महासचिव डा.खगराज शर्मा, पब्लिक क्याम्पस प्राध्यापक संघका केन्द्रीय सदस्य दानबहादुर हमाल संगठनका मध्यपश्चिम ‘क’ का अध्यक्ष श्रीधर मजगैयाँ, राष्ट्रिय जनमोर्चाका युवराज ढंकाल, बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख बिनोद कुमार अग्रवाल, नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष मीनराज शर्मा, बर्दिया नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण ओली लगायतका व्यक्तित्वहरुले अधिवेशनको पूर्ण सफलताको कामना गर्दै आ–आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु