२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

साहित्यमा समृद्ध मुलुकका शब्दहरु बुन्नुपर्ने

२०७२, ९ फाल्गुन आईतवार ०४:०३

फागुन ९, बर्दिया । अबको साहित्य लेखनमा माया र प्रेमका विषयबस्तुभन्दा पर रहेर समृद्ध मुलुक निर्माणका लगि लेखिनु पर्नेमा सहभागी स्रष्टा तथा विज्ञजनहरूको मत रहेको छ ।

कृष्णसार पाठक मञ्चको १९आंै श्रृङ्खलाको सन्दर्भमा सहभागी विज्ञ तथा स्रस्टाहरुले यस्तो कुरामा जोड दिएका हुन् । सदरमुकाम गुलरियाको मिरर होटलमा आयोजना गरिएकोे श्रृङ्खलामा सहभागी गोविन्दबहादुर मल्ल गोठालेकृत “पल्लो घरको झ्याल” औपन्यासिक कृतिका सन्दर्भमा पवित्रा जैसीले बिश्लेषणत्मक प्रस्तुत गर्नु भएको थियो । साथै कार्यक्रममा बर्दियाका स्रष्टा खगेश्वर गौतमले आफ्नो कृति झमक पुष्पाञ्जली र यसका विविध सिर्जनात्मक आयामहरुका विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा अतिथि प्राज्ञका रुपमा रहनुभएका सुर्खेत क्याम्पसका प्राध्यापकद्वय छन्दकवि बलभद्र भारती तथा प्राध्यापक डा. दीपक गौतमले आ–आफ्ना अनुभवहरु राख्नुभएको थियो । लेखक, कवि तथा सहत्यिकारहरू पनि अब आफ्ना सृजनाका माध्यमबाट कृषि तथा अर्थिक क्रान्ती ल्याउनु पर्ने समयको माग रहेको अवगत गराउँदै अब लेखिने कविताहरू, साहित्यहरू सृजनात्मक हुनुपर्ने र हिमाल पहाड तराई समग्र भूगोललाई प्रतिनिधित्व हुने साहित्य लेखिनु पर्ने तथा राष्ट्रियतालाई जोड्ने खालका र समृद्ध नेपालका लागि लेखिनु पर्ने कुरा बताउनुु भएको थियो ।

साथै वहाँहरुले जसरी राज्यले कर्मचारी, शिक्षक, तथा राष्ट्र सेवक संघ संस्थामा कार्यरत कर्मचारीहरूलाई तलबको व्यवस्था गरेको छ त्यसै गरी कवि, साहित्यकार, कलाकार, तथा लेखकहरूलाई पनि राज्यले देश विकासमा महत्वपूर्ण अङ्का रूपमा स्थापित गराइनु पर्ने र आजिवन पेन्सन वा सो सरहकै सुविधाको व्यवस्था गरिनु पर्ने र सो का लागि लेखक कला साहित्यकर्मीहरू पनि जागरूक हुन आवश्यक रहेकोले यस पाठक मञ्च अबको आगामी दिनलाई सोही बमोजिमको योजना र मार्ग अपनाउने छ भन्दै यस मञ्चको उत्तरोत्तर प्रगतिको शुकामना दिनु भएको थियो ।

श्रृङ्खलामा निवृत्त शिक्षक एवम् कवि टीकाराम तिमिल्सिनाले छन्दका बारेमा सामान्य परिचय गराउँदै आफ्नो प्रस्तुती मार्फत मझौला झ्याउरे छन्दको बारेमा प्रस्तती राख्नु भएको थियो ।

कार्यक्रम मञ्चका सदस्य प्रभात सुवदीको अध्यक्षतामा सम्पन्न गरिएको हो । आगामी १९औं श्रृङखला फाल्गुन २३ गते शनिवार आयोजना गरिने जुन श्रृङ्खलामा छन्दमा कविता लेखन सम्बन्धी विष्ोश प्रायोगिक प्रशिक्षणको आयोजना गरिने मञ्चले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै