२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा पनि सरकारको हरियाली अभियान: सरकारी कार्यालयको कुरुपतालाई व्यवस्थापन गरिने

९ फाल्गुन २०७२, आईतवार १४:३२

प्रभात सुवेदी/ फागुन ९, बर्दिया । एक कार्यालय एक उद्यानको योजना सहित माघ २९ गते सिंहदरबारबाट आरम्भ गरिएको ‘सिंहदरवर सरसफाइ, हरियाली तथा उद्यान व्यवस्थापन अभियान’ अन्तरगत बर्दिया जिल्लामा रहेका सबै सरकारी कार्यालयहरुलाई स्वच्छ पिउने पानी सहितको सेवाग्राही कक्ष, हरियाली उद्यानयुक्त बनाउने अभियानको आज जिल्ला पशु सेवा कार्यालयबाट औपचारिक रुपमा शुरुवात गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सह–सचिव विनोद बहादुर कुँवरले आज अपरान्ह जिल्ला पशु सेवा कार्यालयमा नव निर्मित उद्यानमा फूलको विरुवा रोपेर उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रम पश्चात आफ्नो धारणा राख्ने क्रममा सह–सचिव विनोद बहादुर कुँवरले अव सरकारी कार्यालयहरुलाई कुरुप बनाउने पुराना सामग्रीहरु, थोत्रा सवारी साधनहरुको व्यस्थापन गर्नुपर्ने र कार्यालयको परिसर र आन्तरिक सजावट, शौचालयको व्यवस्थापन र सरसफाई, शुद्ध पिउने पानीको व्यवस्थापन सहितको सेवाग्राही कक्षको उपयुक्त व्यवस्थापन गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट यो अयानलाई सफल बनाउनका लागि गरिएका १३बुँदे निर्णयहरु अन्तर्गत १५ बुँदे निर्देशनहरु जारी गरिसकिएको छ । जसमा मन्त्रालयदेखि प्रत्येक कार्यालयहरुमा सरसफाई गर्नुपर्ने र विशेषगरी लोपोन्मुख प्रजातिका विरुवाहरु जस्तै रक्त चन्दन, बोधिचित्त, रुद्राक्ष, कपूर, लौठ सल्ला आदि जातका विरुवाहरु रोप्नुपर्ने, रोज गार्डेन, साइटिस गार्डेन र हर्बल गार्डेनहरु २०७२ चैत्र मसान्तसम्ममा निर्माण गरिनुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी निर्देशनमा कार्यालयमा रहेका पुराना फर्निचरहरु, सवारी साधनहरु लिलामी गर्ने र पुराना काजगातहरु धुल्याउने, आन्तरिक सजावट गर्नुपर्ने, व्यवस्थित चमेनागृह सञ्चालन गर्नुपर्ने, छाडा कुकुरहरुको व्यवस्थापन गर्नुपर्ने कुराहरु उल्लेख गरिएका छन् । साथै जेब्रा क्रसिङको व्यवस्थापन र खासगरी सिंहदरबार परिसरमा रहेका विद्युत तथा टेलिफोनका तारहरुलाई भूमिगत रुपमा व्यवस्थापन गर्न सम्बन्धित मन्त्रालय मार्फत सम्बन्धित निकायलाई निर्देशन दिने लगाृयतका कुराहरु उल्लेख गरिएका छन् ।

कार्यक्रममा सहायक प्रम्ख जिल्ला अधिकारी श्रीनाथ पौडेल, जिल्ला पशुसेवा कार्यालयका प्रमख लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

सरकारको यो कार्यक्रम कत्तिको सफल हुनेछ भन्ने कुरा भविष्यमा सरकारी कार्यालयहरुको मुहारमा आउने चमकले देखाउनेमा आशावादी हुन सकिएला तर आजभोली गाउँघर यत्रतत्र सडकभरी देखिने मद्यपान, सुर्ती, सुपारीजन्य, मदिराजन्य वस्तुहरु प्याकेङि गरिएका प्लास्टिकका खोस्टाहरुको व्यवस्थापन गर्न नसक्दा गाउँ र शहरबजारहरु पनि दिनप्रतिदिन कुरुप भने बनिरहेका छन् । यसतर्फ पनि सम्बन्धित निकायको शीघ्र ध्यान जानुपर्ने जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने गाजाका सबै बन्धकको शव पहिचान गरिएको इजरायली सेनाको दावी एनपिएलः काठमाडौंद्वारा पोखरालाई १६६ रनको लक्ष्य एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो