१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

ढाकाको तानमा भविष्य खोज्दै महिला

५ आश्विन २०७४, बिहीबार ०९:२९

गोपालप्रसाद पोखरेल। असोज ५, मोरङ। मोरङको उर्लाबारी–४ की निरु चौहानले ‘निरु घरेलु ढाका उद्योग’ सञ्चालनमा ल्याएपछि निरुजस्ता थुप्रै उद्यमशील महिलाले काममात्र पाएका छैनन् ढाका कपडा, जहाँ जुन भूगोलमा बुनेपनि गुणस्तरीय भए बजारको अभाव नहुने पनि प्रष्ट भएको छ । 

गत मंसिरमा उद्योग दर्ता गर्नुभएकी चौहानले हाल पाँचवटा तानबाट ढाका उत्पादन गरिरहनुभएको छ । पाँचवटा तानमा दैनिक पाँचजना उद्यमशील महिलाले काम गरिरहनुभएको छ । त्यसैगरी, निरुले आफ्नै उत्पादनबाट तयार भएका सिलाइका सामग्रीको बिक्री कक्ष सञ्चालनमा ल्याउनुभएको छ । 

बिक्री कक्षमा साडी, चौबन्दी चोलो, रुमाल, कुर्ता सलबार, झोला र थैली राखिएका छन् । 

यसैगरी, धनकुटा बुधबारेकी २४ वर्षीया रेखा लिम्बू स्नातक तेस्रो वर्षको परीक्षा दिइसकेपछि अहिले ढाकाको तानमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पढ्ने सबैले जागिर पाउँदैनन्, प्रमाणपत्र सिरानीमुनि थन्किएको छ । पाएको जागिरबाट सबैलाई सन्तुष्टि कहाँ मिल्छ र ? 

रेखाको जीवनमा पनि जागिर नपाएको तीतो अनुभव छ । त्यसैले उहाँ आफ्नो सीपलाई पैसामा बेच्न बाध्य हुनुहुन्छ । हुन त नेपाली बजारमा तेह्रथुमे ढाका कपडाको एकछत्र राज छ । जहाँ जुन भूगोलमा बुनेपनि त्यस उत्पादनको नाम तेह्रथुमे ढाका नभने बिक्री नहुने समस्या अझै पनि छ । 

रु चारलाख लगानीबाट शुरु गर्नुभएको उद्योगबाट हाल मासिक रु एक लाखको कारोबार भइरहेको सञ्चालिका निरु चौहानले बताउनुभयो । 

विसं २०५५ मा झापा हस्तकला प्रशिक्षण केन्द्रबाट सीप सिक्नुभएकी निरु अहिले उत्साहित हुनुहुन्छ । उद्योग दर्ता गरेर काम थालेको छ महिनासम्म ठूलै संघर्ष गर्नुप¥यो । कसैले नक्कली भनेर निरुत्साहित गरे, कसैले आधुनिक जमानामा ढाकाका कपडा कसले किन्छ ? भनेर खिल्ली उडाए । आफूसँग भएको सीपसँग उहाँ पूरै विश्वस्त हुनुहुन्थ्यो । 

नेपाली धागो उद्योगले उत्पादन गरेको सुती धागो प्रयोग गरेर निरुले ढाकाको तान लगाउनुहुन्छ र नेपाली उत्पादनकै धागोले बुन्नुहुन्छ । 

हाल चौहानले उत्पादन गरेको ढाकाको माग उच्च छ । उहाँ भन्नुहुन्छ, “खासगरी साडी र सर्टका कपडा युरोप अमेरिकासम्म जान थालेका छन् । साडीको माग थेग्न सकेको छैन । 

विभिन्न गैरसरकारी संस्थाले उर्लाबारी क्षेत्रमा पनि बारम्बार ढाका बुन्ने तालीम सञ्चालन गरेपनि दक्ष जनशक्ति उत्पादन नहुँदा उर्लाबारीकै उद्योगहरू धरासायी बनेका छन् । 

उहाँ भन्नुहुन्छ, “ढाका कपडा टिकाउमात्र हैन बिकाउ पनि हुने गरेकाले देशैभरबाट माग आउँछ । तर, जनशक्ति छैन ।” निरुसँगै सीप सिकेर स्वावलम्बी बन्दै गएकी देवका बाँस्कोटा ढाकाको माग उच्च भएपनि स्वदेशी उत्पादन र पहिचानप्रति युवापुस्ताको ध्यान जान सके ढाकाको माग फस्टाउने बताउनुहुन्छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह