२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा हराएको तीन दिनपछि वृद्धाको शव फेला

६ आश्विन २०७४, शुक्रबार ११:०६

असोज ६, खोटाङ। रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक वृद्धा मृत फेला परेकी छन् । घरमा कसैले थाहा नपाई सम्पर्कविहीन बनेकी ७१ वर्षीया भक्तिमाया राई तीन दिनपछि मृत फेला परेकी हुन् । 

गत मंगलबार बेलुकादेखि हराएकी वृद्धालाई खोजी गर्ने क्रममा बिहीबार बेलुका मृत फेला पारिएको स्थानीयले बताएका छन् । स्थानीय हात्तीराम राईका अनुसार घरनजिकै रहेको भिरको फेदमा वृद्धालाई मृत फेला पारिएको हो । 

घटनास्थलको प्रकृति हेर्दा वृद्धाको भिरबाटै लडेर मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ । वृद्धाको शवनजिकै झारपात लतारिएको र शवसमेत क्षत्बिच्छेत् अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । 

स्थानीयले वृद्धाको शव फेला पारेपछि आफूहरुलाई खबर गरेको र घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । प्रनाउ थापाका अनुसार वृद्धाको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । 

वृद्धाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम दिक्तेलको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ