२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा हराएको तीन दिनपछि वृद्धाको शव फेला

२०७४, ६ आश्विन शुक्रबार ११:०६

असोज ६, खोटाङ। रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी एक वृद्धा मृत फेला परेकी छन् । घरमा कसैले थाहा नपाई सम्पर्कविहीन बनेकी ७१ वर्षीया भक्तिमाया राई तीन दिनपछि मृत फेला परेकी हुन् । 

गत मंगलबार बेलुकादेखि हराएकी वृद्धालाई खोजी गर्ने क्रममा बिहीबार बेलुका मृत फेला पारिएको स्थानीयले बताएका छन् । स्थानीय हात्तीराम राईका अनुसार घरनजिकै रहेको भिरको फेदमा वृद्धालाई मृत फेला पारिएको हो । 

घटनास्थलको प्रकृति हेर्दा वृद्धाको भिरबाटै लडेर मृत्यु भएको हुनसक्ने स्थानीयको अनुमान छ । वृद्धाको शवनजिकै झारपात लतारिएको र शवसमेत क्षत्बिच्छेत् अवस्थामा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । 

स्थानीयले वृद्धाको शव फेला पारेपछि आफूहरुलाई खबर गरेको र घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । प्रनाउ थापाका अनुसार वृद्धाको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । 

वृद्धाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम दिक्तेलको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा