असोज ७, पाल्पा । तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । 

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ७, पाल्पा । तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । 

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सिद्धार्थ राजमार्गमा पहिरो: कार र ट्रकमा क्षति, दुई जना घाइते

७ आश्विन २०७४, शनिबार ०५:१४


असोज ७, पाल्पा । तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ । 

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् । 

पाल्पाको सिद्धबाबा थान नजिकै पहिरो खस्दा एक एक ट्रक र कार पुरिएका छन् । लु १ च ७९९४ नंको सो कारमा यात्रा गर्ने दुई जना घाइतेलाई बुटवल अञ्चल अस्पतालमा लगिएको छ । अन्य दुई जनाको भने उद्धार भइरहेको छ । ना ३ ख ६१९१को ट्रकबारे भने पूरै खबर प्राप्त भएको छैन । 

बुटवलबाट पाल्पातर्फ सवारी चल्न नसक्दा दशैँका यात्रु बाटामा नै अलपत्र परेका छन् । पाल्पाबाट दूध तथा तरकारी बोकेर जाने सवारीसाधन बाटामा रोकिएको स्थानीय बासिन्दा बताउँछन् । 

दोभान प्रहरी कार्यालयका प्रहरी हवल्दार तारा फौजाले एउटा डोजरले माटो र ढुंगा फालिए पनि पहिरो हटाउन समय लाग्ने बताउनुभयो । माटो र ढुंगासहितको पहिरो यस क्षेत्रमा वर्षेनी खस्दा जोखिम बढेको र मानवीय क्षति रोक्न नसकिएको स्थानीयवासीको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु