२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

नगरपालिकाको चेक साट्न ३६ किलोमिटर टाढा पुग्नु पर्ने बाध्यता

७ आश्विन २०७४, शनिबार १६:२४

चिसाङ शेर्पा/असोज ७, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंक नहुंदा कार्यालयको थोरै रकम निकाल्न पनि सदरमुकाम दिक्तेल धाउनु पर्ने बाध्यता रहेको छ । 

हलेसी क्षेत्रमा ज्योती बिकास बैंक भएता पनि नगरपालिकाको खाताहरु राष्ट्रिय बाणिज्य बैंकमा संचालन गर्नु पर्ने भएकाले नगरपालिकाको सदरमुकाम दिक्तेलमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा खाता रहेकाले पाँच हजारको चेक साट्न पनि ३६ किलोमिटर टाढा रहेको सदरमुकाम दिक्तेलकोे राष्ट्रिय बाणिज्य बैंक जानु पर्ने बाध्यता रहेको नगरपालिकाका कार्यकारी अधिकृत अनिल किराँतीले बताउनु भयो ।

नगरपालिकामा अहिले ११ वटा वडाका कर्मचारी, शिक्षक, कृषि बिकास, स्वास्थ्य, आयुर्बेद लगायतका कर्मचारीहरुको तलब आउँने गरेको छ । तर सबै कर्मचारीहरुको तलब नगरपालिकाले नै खुवाउनु पर्ने भएकोले अप्mठ्यारो अबस्था रहेको अधिकृत किराँतीले बताए । 

हलेसी मन्दिर दर्शनका लागि आउने भक्तालु तथा पर्याटकहरुलाई समेत बैंक नहुदा समस्या पर्ने गरेको हलेसी मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ