२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य गहना चोरीको अभियोगमा पक्राउ

२०७४, ८ आश्विन आईतवार १०:०६

असोज ८, रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वमा दिउँसै सर्वसाधारणका घरमा पसी बहुमूल्य सुनका गरगहना तथा नगदसमेत चोरी गर्ने अभियुक्तलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

प्रहरीले गत बुधबार अपराह्न सिद्धार्थनगर नगरपालिका– ६ भैयाटोल बस्ने गीतादेवी विकको घरभित्र पसेर स्टिल दराज तोडी चोरी गरेको अभियोगमा रुपन्देही, सिद्धार्थनगर नगरपालिका– ६ बस्ने २२ वर्षीय सुमिन सिंहलाई चोरीका गरगहना र नगदसहित सिद्धार्थनगर– ६ भैयाटोलबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । 

अभियुक्तका साथबाट प्रहरीले दुई थान छिनेको पोतेसहितको सुनको जन्तर, एक थान छिनेको पोतेसहितको सुनको मंगलसूत्र, एक थान सुनको चन्द्रमा थान, दुई थान पत्थरसहितको सुनको औठी, एक एक जोर सुनको झुम्का र मुन्द्रा तथा एक जोर सुनको टपसहित रु १३ हजारसमेत बरामद भएको जनाइएको छ ।   रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने