2026-09-27 01:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सुशासनको पाठ सिकाउदै बन समुह

sushashanप्रकाश धौलाकोटी/चैत ४, तेह्रथुम । दुई वर्ष अघिसम्म नजिकको बिखे सौरेनी सामुदायिक बन समुहको उपभोक्ता मात्र रहनुभएकी तेह्रथुमको ओख्रे–८ की इमकला खुलाल समुहको बिधान संशोधनपछि बसेको आम भेलाबाट अध्यक्षमा चयन हुनुभएको छ ।

उपभोक्ता मात्र हुँदा समुहको बैठक, गोष्ठी र भेलाबारे खासै थाहा नपाउने उहाँले अध्यक्ष भएपछि विभिन्न विषयका सचेतना गोष्ठी, तालिम र त्यस्ता थुप्रै कार्यक्रममा सहभागी बन्ने अवसर पनि पाउनुभएको छ ।

अहिले खुलालको नेतृत्वमा चलिरहेको बन समुह गाविसकै नमुना बन बन्दैछ । खुलालले अध्यक्षमा रहेर काम गर्न थालेपछि समुहको स्वरुप नै बदलिएको उपभोक्ताहरु बताउँछन् । सुदाप र ओख्रे गाविसका करिब एक सय उपभोक्ता आवद्ध समुहको अध्यक्ष भएर काम गर्दा आफुलाई पनि खुसी लागिरहेको इमकला बताउनुहुन्छ । उहाँ अध्यक्ष भएपछि समुहको नियमित बैठक, भेला, आमसभा, सार्वजनिक सुनवाई, लेखा परीक्षण लगायत समुहका क्रियाकलाप नियमित रुपमा भइरहेका छन् ।

उहाँले नै समुहको आर्थिक, सामाजिक र भौतिक व्यवस्थापन तथा विकासमा योजना निर्माण गर्न भूमिका खेलिरहनुभएको छ । अब महिला पनि पुरुष भन्दा कम छैनन्, उहाँ भन्नुहुन्छ–अहिले म महिलाले पनि पुरुषले जत्तिकै काम गर्न सक्छन् भन्ने उदाहरण पनि बनेकी छु । समुहमा अहिले मुख्य पदसँगै महिलाको ५० प्रतिशत सहभागिता रहेको उहाँले बताउनुभयो ।

खुलाल जस्तै फाक्चामारा–७ की राजकुमारी लिम्बुले पनि स्थानीय नौसिंगे रानी सामुदायिक बन समुहको सचिव भएर काम गर्न थालेको वर्ष बढी बितेको छ । यता पुर्वी इवा गाविसको कालेगैरी सामुदायिक बन समुहको सचिव पनि वार्ड नं. ६ की दिलकुमारी गुरुङले काम गरेरै चलाइरहनुभएको छ । फाक्चामाराकी फिपरानी लिम्बुले पनि काभ्रे सामुदायिक बन समुहको अध्यक्ष भएर काम गरिरहनुभएको छ ।

महिलापनि अवसर पाए पुरुष जत्तिकै सक्षम भएर काम गर्न सक्छन् भन्ने पुष्टि गर्न यीनै उदाहरण काफी छन् । राज्यले जनतालाई बनहरु जिम्मा लगाएपछि पछिल्लो समयमा बन समुहहरु जंगलको संरक्षणमात्र नगरेर समाजमा परिवर्तन र विकासकालागि उदाहरण समेत बन्न थालेका छन् ।

जिल्लाका बन समुहहरुले अन्य समुह संघ संस्था र सरकारी निकायहरुलाई सुशासनबारे पाठ सिकाइरहेको सामुदायिक बन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष तुलसी संग्रौला बताउनुहुन्छ ।

बन समुहहरुले माथि उल्लेखित जसरी नेतृत्वमा लक्षित वर्गलाई ल्याएका मात्र छैनन् जिल्ला महासंघका अध्यक्ष संग्रौला भन्नुहुन्छ–बनबाट संकलन गरेको आम्दानी महिला, पिछडिएका वर्गको उत्थान, बन स्तरीकरण र सुशासनकालागि खर्च गरी अन्य संस्थालाई समेत सुशासन सिकाइरहेका छन् । समुहमा महिलाको नेतृत्वदायी भुमिका हुँदा आर्थिक पारदर्शिता र संस्थागत विकासमा समेत सहयोग पुगेको देखिएको उहाँले बताउनुभयो ।

बन समुहहरुले समुहमा महिला, दलित, आदिवासी जनजाति र लक्षित वर्गको सहभागितासँगै सुशासन र पारदर्शिताका क्षेत्रमा उल्लेख्य कार्य गरिरहेका छन् । समुहहरुमा समावेशी सहभागिता, पारदर्शिता र सुशासनकालागि जिल्ला बन महासंघ र नेपाल ग्रामीण पुनःनिर्माण संस्थाको साझेदारीमा सन्चालित बहुसरोकारवाला बन कार्यक्रमले सहजीकरण गरिरहेको छ ।

जिल्लाको दुई नगरपालिकासहित २१ वटै गाविसका गरी कुल ३ सय ३० सामुदायिक बनहरु मध्ये अधिकांश बन समुहहरुमा महिला सहभागिता ५० प्रतिशत माथि रहेको नेपाल ग्रामीण पुनःनिर्माण संस्थाका जिल्ला संयोजक सुमित गौतमले बताउनुभयो ।

यी समुहहरुमा बनको उपभोक्ताको सुचीमा एकै परिवारका पुरुषको बराबर अधिकार महिलालाई दिइने गरी बैधानिक व्यवस्था नै गरिएको र सोही बमोजिम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उनीहरुले समुहमा छलफल गरी सुशासनयुक्त समुह निर्माण गरेर अन्य बन र स्थानीय संघ संस्थालाई समेत सुशासन, पारदर्शिता र विकासका निम्ति प्रोत्साहन गरिरहेको जिल्ला संयोजक गौतमले बताउनुभयो । सामुदायिक बनहरुबाट सरकारी तथा गैरसरकारी निकायहरुले पाठ सिक्न आवश्यक रहेको उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह