१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगन्जमा बालिका किशोरी अवस्थामा पुग्नासाथ विद्यालय जानबाट वञ्चित गराएको पाइयो

१२ फाल्गुन २०७२, बुधबार ०९:१८

फागुन १२, बाँके । नेपालगन्ज उपमहानगरपालिका–२६ इन्द्रपुरका मुस्लिम तथा मधेसी समुदायका अधिकांश बालिका किशोरी अवस्थामा पुग्नासाथ तिनका परिवारद्वारा विद्यालय जानबाट वञ्चित गराउने गरिएको पाइएको छ । किशोरीलाई विद्यालय नपठाउने प्रमुख कारणमध्ये सो गाउँका परिवारमा बाल्यावस्थामा विवाह गरिदिने प्रचलनले पनि त्यत्तिकै जरा गाडेको छ।

यहाँस्थित एक गैरसरकारी संस्था फातिमा फाउन्डेसनले केही महिनाअघि त्यहाँ गरेको एक अध्ययन अनुसन्धानबाट त्यस गाउँका ९० प्रतिशतभन्दा बढी बालिकाको १२ देखि १४ वर्षको उमेरमै विवाह हुने गरेकाले विद्यालय छोडनु पर्ने अवस्था रहेको देखिन्छ। करिब १० हजार जनसङ्ख्या रहेको इन्द्रपुरमा तीन प्राथमिक, एक निम्न माध्यमिक विद्यालय तथा तीन मदरसामा हाल एक हजार ४७४ जना विद्यार्थी अध्ययनरत् छन्।

त्यसमध्ये छात्राको सङ्ख्या ७१० जना रहेको देखाए पनि आधा छात्राले बीचमै अध्ययन छाडेको शिक्षक बताउँछन्। त्यहाँका अधिकांश परिवारको कमजोर आर्थिक अवस्था हुनु, विद्यालय तथा मदरसाको भौतिक पूर्वाधार जीर्ण हुनु पनि बालिका विद्यालय नआउनुको अर्को कारण भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो