२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

औचित्यहिन सामाजिक परिक्षण, एनजिओको नाममा लुट

२०७४, १० आश्विन मंगलवार ०२:४२

असोज १०, डडेल्धुरा । डडेल्धुरा जिल्लालाई गैर सरकारी संस्थाहरु फस्टाएको जिल्लाका रुपमा लिने गरेको पाईन्छ । 

जिल्ला बाहिर बाट हेर्नेहरुले डडेल्धुरामा निकै बढी कार्यक्रमहरु गैर सरकारी क्षेत्रबाट भएको अनुमान समेत गर्दछन् । सरकारी स्तर भन्दा गैर सरकारी क्षेत्रले कामै नगरेका भने होइनन् ।

डडेल्धुरा जिल्लालाई अन्तराष्ट्रिय क्षेत्रमा परिचित गराउनमा गैरसरकारी संस्थाहरुको ठुलो योगदान रहेको छ । तर पछिल्लो समयमा भने गैरसरकारी संस्थालाई खाने भाडोका रुपमा उपयोग गर्ने प्रचलन बढी रहेको छ ।  जिल्लामा रहेका संस्थाहरुले आफ्ना कार्यक्रमहरु बढी जसो सदरमुकाम भन्दा केही टाढा ग्रामीण क्षेत्रमा संचालन गरिरहेका छन् ।

जुन कतिपय संस्थाहरुले वास्तविक जनता समक्ष पु¥याएका छन भने केहीले जनताका नाममा ठगी गरिरहेका छन् । कागजमा जनता देखाएर एनजीओका नाममा पैसा भित्र्याउदै लुट मच्चाउने संस्थाहरुको पनि कमि छैन् । दातृ निकायको अनुदानलाई जिल्लामा सहि ठाँउमा उपयोग गर्न सके जिल्लामा हरेक क्षेत्रको समृद्धि निश्चित प्रायः छ ।

बाहुबलको आधारमा दातृनिकायलाई प्रभावित गर्ने र जनताका नाममा लिएको अनुदान रकम पनि वास्तविक रुपमा खर्च नगरि विचौलियाको काम गर्ने संस्थाहरुले आज पारदर्शिता माथी नै प्रश्न चिन्ह खडा गरेका छन् ।

हरेक संस्थाले आफ्ना कार्यक्रमहरु स्थानिय सरकार समक्ष प्रस्तुत गरेर सोही अनुरुप ंचालन गर्नुपर्ने व्यवस्था रहेको छ । तर संस्थाहरुले भने आफु अनुकुलका भिड जम्मा पारेर पारदर्शिताका नाममा ढ्वाङ रच्ने गरेका छन् । सन्र्दभ आइतबार ग्रामिण महिला विकाश तथा एकता केन्द्र रुडुकले आयोजना गरेको बार्षिक सामाजिक परिक्षण कार्यक्रमको हो । जहाँ जिल्लाका विभिन्न भागमा कार्यक्रम संञ्चालन गरेको भनी ठुलो मात्रामा बजेटको खर्च भएका कुराहरु सार्वजनिक भए तर कहाँ के कार्यक्रम संचालन गरिए त्यसका बारेमा कुनैपनि प्रस्तुती गरिएन् ।

जिल्लामा संचालित कार्यक्रमहरुमा करोडौको खर्च सार्वजनिक भईरहदा कार्यक्रम भएका स्थानहरुका बिषयमा कुनैपनि जानकारी नगरेको कार्यक्रमका सहभागि पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मान बहादुर साउदको भनाई रहेको छ । 

रुडुक द्धारा डडेल्धुरा जिल्लामा संचालनमा रहेका ६ ओटा कार्यक्रम बारे सामाजिक परिक्षण गरिरहदा उक्त कार्यक्रममा सम्वन्धीत बिषयगत कार्यालयहरुको अनुपस्थितीले कार्यक्रमको प्रभावकारीता प्रष्ट भएको अध्यक्ष साँउदले बताएका छन् ।

ग्रामीण क्षेत्रमा ३ करोडका कार्यक्रम सञ्चालन गरेर अन्तिममा आएर जिल्लामा सामाजिक परिक्षण गर्नु उपयुक्त नहुने तर्क एमाले सचिव धन बहादुर साँउदको रहेको छ । कार्यक्रम संञ्चालन भएका क्षेत्रका जनताहरुको समेत प्रत्यक्ष सहभागिता भएमा मात्रै यस्ता कार्यक्रमहरुको औचित्यता पुष्ठि हुने सचिव साँउदले बताएका छन् । सरोकारवाला निकायलाई अनुगमन नै नगराई हलमा प्रस्तुत हुने तथ्याङ्कमा कुनै दम नहुने समेत साँउदको भनाई रहेको छ । डडेल्धुरा पोष्टको सहयोग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध