सास । असोज १०, बर्दिया । 

उमेरले १३ वर्षदेखि १७/१८ वर्षसम्मका युवा तथा किशोरहरु जम्मा भएका छन् । कोही लाठी समातेका छन्, कोही विभिन्न मुद्राहरुमा योगा गरिरहेका छन् कोही युद्ध कौशल सिकिरहेका छन् भने कोही अपरान्हको घाम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असोज १०, बर्दिया । 

उमेरले १३ वर्षदेखि १७/१८ वर्षसम्मका युवा तथा किशोरहरु जम्मा भएका छन् । कोही लाठी समातेका छन्, कोही विभिन्न मुद्राहरुमा योगा गरिरहेका छन् कोही युद्ध कौशल सिकिरहेका छन् भने कोही अपरान्हको घाम"/>

2026-09-14 02:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

चर्कोे घाममा किन ध्यान बसे यी बालक ? ( हेर्नुहोस् भिडियो सहित)

सास । असोज १०, बर्दिया । 

उमेरले १३ वर्षदेखि १७/१८ वर्षसम्मका युवा तथा किशोरहरु जम्मा भएका छन् । कोही लाठी समातेका छन्, कोही विभिन्न मुद्राहरुमा योगा गरिरहेका छन् कोही युद्ध कौशल सिकिरहेका छन् भने कोही अपरान्हको घामको कुनै पर्वाह नगरी मस्तसँग ध्यानमुद्रामा छन् । 


बडो अचम्मैको दृश्य थियो गुलरियाको कोटही मा.वि.मा असोज १० गतेको दिन । वरिपरी दर्शकहरुको पनि उत्तिकै भीडभाड रहेको थियो । हिन्दू स्वयंसेवक संघको आयोजनामा आयोजित एक हप्ते प्राथमिक शिक्षा वर्ग कार्यक्रमको समापनको दृश्य थियो यो । 

युवाहरुमा हिन्दूत्व र हिन्दू धर्मको ज्ञान दिनु र राष्ट्र र राष्ट्रप्रति जिम्मेवार बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मुख्य शिक्षक महेशनाथ योगीले बताउनुभयो । 

कार्यक्रममा अन्य शिक्षकहरुमा नेपालगञ्ज विभागका विद्यार्थी विस्तारक तथा यस वर्गका आपूर्ती प्रमुख लक्ष्मण यादव, नगर विद्यार्थी विस्तारक नेपालगञ्ज केन्द्रकासुजन शर्मा बौद्धिक प्रमुखका रुपमा, यसैगरी बर्दिया जिल्लाको जिल्ला विद्यार्थी विस्तारक सुरज थारु, दाङको घोराही नगर विद्यार्थी विस्तारक योगेन्द्र तामाङ्ग, यसैगरी दाङ लमहीका गोकर्ण अधिकारी, रवीन्द्र तिमिल्सिना रहनुभएको थियो भने पत्रकारका रुपमा यज्ञराज उपाध्याय रहनुभएको थियो ।

व्यक्तिमा भएको कुरिती हटाई युवाहरुलाई संस्कारित बनाउन र वैदिक सनातन धर्मको जानकारीका साथ आध्यात्मिक र वैदिक ज्ञान दिनका लागि यो कार्यक्रम आयोजना गरिएको मुख्य शिक्षक महेशनाथ योगीले बताउनुभयो । साथै वहाँले आफ्नो धर्म संस्कृति बचाउनका लागि अन्य मुलुकबाट सात समुद्र पार गरेर आउछन् भने हामी यहीँ बसेर आफ्नै धर्म र संस्कृतिको संरक्षणका लागि किन समय दिन सकिरहेका छैनौ भन्दै आम हिन्दू हुँ भन्ने हरुका लागि प्रश्न राख्नुभयो । 

कार्यक्रका प्रमुख अतिथि बासुदेव मिश्रले जसरी सुन आगोमा तताउँदा निखारिन्छ त्यसैगरी सहभागी भाइहरुको क्षमता र प्रतिभा निखारिँदै जाओस भन्नुहुँदै पूजापाठले मात्रै धर्मको संरक्षण नहुने भएकोल हामी यो अभियानलाई अगाडि बढाइएको बताउनुभयो । साथै वहाँले हिन्दू स्वयं सेवक संघले नेपाल लगायत विश्वका ४० देशमा आफ्नो सेवा विस्तार गरी धर्म संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न लागि परिहरेको बताउनुभयो । हिन्दू धर्ममा चारैतिबाट प्रहार भैरहेको अवस्थामा हाम्रो उद्देश्य भनेको राष्ट्रभक्त, नैतिकवान र चरित्रवान बालबालिकाहरु निर्मााण गर्नु रहेको बताउनुभयो । 

कार्यक्रममा धार्मिक व्यक्तित्व राजेन्द्र यादव तथा विभिन्न स्थानीय वुद्धिजिवीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम वर्गका वर्गाधिकारी प्रभात सुवदीको सभाध्यक्षतामा सम्पन्न गरिएको हो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ